भीम रावललाई भेट्न माधव नेपाल पुगे टोखा « Khabarhub

भीम रावललाई भेट्न माधव नेपाल पुगे टोखा


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष भीम रावलसँग भेट गरेका छन् । रावललाई भेट्न नेता नेपाल उनकै निवास टोखा पुगेका हुन् ।

बुधबार भएको आफूपक्षीय स्थायी कमिटी बैठकमा रावल सहभागी नभएपछि नेपाल रावललाई भेट्न टोखा पुगेका हुन् ।

नेपालका मुख्य सहयोगीका रुपमा रहेका रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपालको निर्णयप्रति असहमति जनाएका थिए । पार्टी एकताका लागि जोड दिँदै आएका रावलले नेतृत्वप्रति असन्तुष्टि राख्दै साउन ३ गते नै सांसद पदबाट राजीनामा दिएका थिए । यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

रावल एमाले कार्यदलमा नेपाल पक्षको वार्ता टोलीका संयोजक पनि थिए । उक्त कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको थियो । कार्यदलले तयार गरेको उक्त सहमतिलाई एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : ०५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि