२०८ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए « Khabarhub

२०८ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालयको सहयोगमा २०८ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् ।

मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगिन आज सो सङ्ख्याका पत्रकारले उक्त खोपको दोस्रो मात्रा लगाएका हुन् । महासङ्घ जिल्ला शाखाका सचिव रामहरी कार्कीले काठमाडौँ उपत्यकाभित्र तीनै जिल्लामा कार्यरत १६४ पुरुष र ४४ महिला पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा पूर्ण गरेको बताए ।

उनले भने, “यसअघि गत असार ६ गते २२६ पत्रकारले यस खोपको पहिलो मात्रा लगाउनुभएको थियो, यीमध्येका कोही कामको सिलसिलामा उपत्यका बाहिर जानाका साथै केहीलाई कोरोनाले भेट्दा १८ पत्रकारले आज खोप लगाउन पाउनु भएन ।”

सो खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेका पत्रकारलाई सूचना विभाग तथा नेपाल पत्रकार महासङ्घले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर महासङ्घको सम्पर्कमा पुनः आउन कार्कीले आग्रह गरे ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ९ : ३० बजे

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी– सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि