प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

पछिल्लो समय विभिन्न दलका शीर्ष नेताहरूसँगको भेटलाई तीव्रता दिएका विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटवार्ताको क्रममा विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि छन् । छलफलमा गृहमन्त्री बालकृष्ण खाण उपस्थित छन् ।

शान्ति प्रक्रियामा आएसँगै अघिल्लो केपी ओली नेतृत्वको सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयनका लागि विप्लवले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री देउवासँगको भेटमा अघिल्लो ओली सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन र थुनामा रहेका नेता तथा कार्यकर्ताको रि‍हाईबारे छलफल भएको भेटवार्तामा सहभागी नेता विश्वकर्माले जानकारी दिए ।

तीन बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको पनि उनले बताएका छन् ।

विप्लव समूहले विभिन्न समयमा पक्र‍ाउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई रिहा गर्न माग गर्दै आएको छ । ओली सरकारसँगको सहमति कार्यान्वयनमा ढिलाइ भएको विप्लव समूहको गुनासो छ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका नेता डा. बाबुराम भट्टराईलगायतका नेतासँग विप्लवले भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ८ : ०२ बजे

अर्जुनधारा जलेश्वरधाममा महायज्ञ सुरु

झापा– पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वरधाममा ४३औँ वार्षिक अनुष्ठानका

विद्यार्थी तथा कर्मचारीलाई मतदाता परिचयपत्र दर्ता विद्यालयमै सुरु

काठमाडौं– मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एम्आइटी) ले मतदाता परिचयपत्र दर्ता

चीनको औद्योगिक उत्पादन अक्टोबरमा ४.९ प्रतिशतले वृद्धि

बेइजिङ– चीनको आधिकारिक तथ्याङ्कअनुसार औद्योगिक उत्पादन अक्टोबरमा वार्षिक आधारमा ४.९

सुदूरपश्चिममा हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन कार्यक्रम

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा हलगोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम सञ्चालन

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा