नवजात शिशु कसरी स्याहार्ने ? « Khabarhub

नवजात शिशु कसरी स्याहार्ने ?


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

– नवशिशु जन्मिने वित्तिकै सफा नरम कपडाले पुछेर सुख्खा पार्नुपर्छ ।

– नवशिशुको नाभी काट्नेबित्तिकै नाभी मलम लगाउनुपर्छ । अन्य कुनै पनि कुरा लगाउनु हुँदैन । नवशिशुलाई जन्मेको १ घन्टाभित्र आमाको बिगौती दूध खुवाउनुपर्छ ।

– नवशिशुलाई आमाको छातीमा टाँसेर न्यानो पारेर राख्नुपर्छ ।

– नवशिशुलाई २४ घन्टासम्म नुहाइदिनु हुँदैन ।

– ठूलो बच्चाहरुभन्दा नवशिशुहरु चाँडै बिरामी हुने र चाँडै सिकिस्त हुने हुनाले समयमै विशेष ध्यान दिनुपर्छ । नवशिशुलाई संक्रमण हुनबाट जोगाउन धेरै भिडभाड भएको स्थानमा लैजानु हुँदैन ।

– शिशुलाई छुँदा, स्तनपान गराउँदा साबुनपानीले मिचीमिची अनिवार्य रुपमा हात धुनुपर्छ । नवशिशुलाई २४ घन्टामा कम्तीमा १० देखि १२ पटकसम्म आमाको दूध खुवाउनुपर्छ । शिशुलाई जन्मेदेखि ६ महिनासम्म अनिवार्य रुपमा आमाको दूध मात्र खुवाउनुपर्छ ।

– नवशिशुलाई खतराका लक्षणहरु देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा लैजानुपर्छ । बच्चा जन्मेको ३५ दिनभित्र अनिवार्य रुपमा जन्म दर्ता गराउनुपर्छ ।

– नेपाल सरकारले नवशिशु बिरामी तथा मृत्यु दर घटाउन निःशुल्क नवशिशु उपचार गर्ने व्यवस्था सबै स्वास्थ्य संस्थामा गरेको छ, कुनै समस्या परेमा तुरुन्त स्वास्थ्यसंस्थामा लगिहाल्नुपर्छ ।

साभार : स्वास्थ्य खबरपत्रिकापुस्तकबाट

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ५ : ४५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार