एक सातामा तोलामा १ हजार ५ सयले बढ्यो सुन « Khabarhub

एक सातामा तोलामा १ हजार ५ सयले बढ्यो सुन


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुन एकसातामा प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको मूल्य १ हजार ५ सय रुपैयाँले बढेको हो ।

अघिल्लो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला मूल्य ८९ हजार २५० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा १५ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम छ ।

साताको आइतबार प्रतितोला एक हजार रुपैयाँ बढेर सुनको कारोबार सुरु भएको थियो । त्यसपछि साताका सोमबार र बिहीबार केही ओरालो लाग्नु बाहेक अन्य सबै कारोबार दिनमा सुनको मूल्य बढेको महासङ्घले जनाएको छ ।

यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार एक हजार १९५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ११ : ५१ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई