नयाँ शासकीय ढाँचाबाट सत्ता चलाउने तालिवानको तयारी | Khabarhub Khabarhub

नयाँ शासकीय ढाँचाबाट सत्ता चलाउने तालिवानको तयारी


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा सत्ता कब्जा गरेको विद्रोही समूह तालिवान नयाँ शासकीय ढाँचा निर्माणमा जुटेको छ ।

केही साताभित्र नयाँ सरकारको ढाँचा सार्वजनिक गरिने तालिवानले जनाएको छ ।

इस्लामवादी आन्दोलनका एक प्रवक्ताले शनिवार रोयटर्ससँग भने, ‘तालिवानले आगामी केही हप्तामा अफगानिस्तानको लागि नयाँ शासकीय ढाँचाको अनावरण गर्ने लक्ष्य राखेको छ ।’

तालिवानका कानूनी, धार्मिक र विदेश नीति विशेषज्ञहरुले आगामी केही सातामा नयाँ शासकीय ढाँचा प्रस्तुत गर्ने लक्ष्य लिएको प्रवक्ताको भनाइ छ ।

अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेको छ । बहालवाला राष्ट्रपति अशरफ घानी देश छोडेर युएईको शरणमा छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १ : ३० बजे

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर