नगरकोट पर्यटनमा थप संरचना बनाइँदै « Khabarhub

नगरकोट पर्यटनमा थप संरचना बनाइँदै


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्यटकीय क्षेत्र नगरकोटमा थप भौतिक संरचनाका काम धमाधम भइरहेको छ । यसका लागि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नपाको सीमाक्षेत्रमा पर्ने नगरकोटमा दुवै जिल्लाका स्थानीय तहले आपसी समन्वयमा संरचना निर्माणमा तीव्रता दिएका छन् ।

नगरकोटको मुख्यचोक भट्टेडाँडामा निर्माणाधीन बसपार्क क्षेत्रमा चाँगुनारायण नगरको लगानीमा बसपार्क तथा पर्यटकीय सूचना केन्द्र, मण्डनदेउपुर नगरको बजेटबाट ‘सन–सेट पार्क’, झण्डा डाँडामा पार्कसहित ‘भ्यूज स्टेशन’ निर्माण र रु नौ करोडमा १० लाख लिटरको दुई खानेपानी ट्याङ्की निर्माण भइरहेको छ । थप पर्यटकीय संरचना निर्माणमा दुवै जिल्लाका सीमा क्षेत्रमा स्थानीय तहसँग नगरकोट–नाल्दुम पर्यटन विकास समितिले समन्वय गरिरहेको छ ।

टावरसम्म सडक बत्ती, नयाँ गन्तव्यमा थप संरचना बनाउन होटल व्यवसायीसँग छलफल भइरहेको समितिका सचिव प्रदीप अधिकारीले बताए । उनका अनुसार काभ्रेपलाञ्चोकतर्फ बनेपा नपा–२ मा हिलेजलजलेमा ताल निर्माणसँगै नगरकोट टावरसँग जिपलाइन र हाइकिङ–ट्रेल निर्माण गरिने योजना बनाइएको छ । “पर्यटकलाई आकर्षण गर्ने मनोरञ्जन र मनोरम दृश्यलाई समेट्ने खालका योजना बनाउँदैछौँ”, अधिकारीले भने ।

हिलेजलजलेमा पर्यटकीय कृत्रिम ताल निर्माण गर्न चालु आर्थिक वर्षमा रु १८ करोड बजेट विनियोजन गरिएको छ । भक्तपुरबाट नगरकोट जाने करिब १७ किलोमिटर मुख्य सडक समयमै पक्की नभएकामा स्थानीय व्यवसायीले गुनासो गर्दै आएका छन् । उक्त सडकको विकल्पका रूपमा हाल तेलकोटबाट हरिगुरु मार्गबाट आवतजावतका लागि निकै सजिलो भएको छ ।

करिब दुई वर्षअघि नगरकोटस्थित सडक दायाँबायाँ सार्वजनिक जग्गामा वर्षौँदेखि बनाइएका टहरा हटाएपछि हाल नगरकोट भट्टेडाँडा बसपार्क निर्माण गरिने भएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र चाँगुनारायण नपा–६ मा निर्माण गरिने बसपार्कको आज नगरप्रमुख सोम मिश्रले शिलान्यास गरेका छन् । उनले हाल रु पाँच करोड सात लाख ७६ हजारमा एक वर्षका बसपार्कको निर्माण सम्झौता गरिएको बताए ।

“नगरकोट क्षेत्रलगायत चाँगुनारायण नगरका मुख्य क्षेत्रमा सार्वजनिक शौचालय पनि बन्नेछन्, जसको निःशुल्क सेवा उपलब्ध हुनेछ”, उनले भने । उनका अनुसार नगरकोटमा समग्र बसपार्क क्षेत्र विकासका लागि रु ५५ करोड लाग्ने उनले बताए । बसपार्कका लागि ‘ड्रेनवाल’ निर्माण भइरहेको छ ।

नगरकोटमा साना–ठूला गरी १०० होटल छन् । करिब ७० प्रतिशत होटल काभ्रेपलाञ्चोकतर्फ पर्दछन् । यसमध्ये केही मात्रै ‘फो–स्टार र थ्री–स्टार’का रहेका छन् । नगरकोटमा करिब दर्जन होटल निर्माणाधीन अवस्थामा छन् भने त्यतिनै सङ्ख्यामा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ८ : १० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनको प्रस्ताव पेस गर्ने तयारी

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पटक

जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी : पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ 

विराटनगर– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न