मोटरसाइकल बिग्रिएर हैरान हुनुहुन्छ ? अपनाउनोस् यी उपाय « Khabarhub

मोटरसाइकल बिग्रिएर हैरान हुनुहुन्छ ? अपनाउनोस् यी उपाय


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको समयमा मोटरसाइकलको प्रयोग सामान्य भइसक्यो । प्रायः धेरै मानिससंग अहिले मोटरसाइकल हुने गर्दछ । तर जानअन्जानमा धेरैले यसको सुरक्षामा ध्यान दिँदैनन् ।

मनलाग्दी स्पिड बढाएर कुदाउने, सडकको अवस्था विपरीत हाक्ने, दायाँबायाँ नहेरी कुदाउँने गर्दा मोटरसाइकल चाँडै बिग्रन्छ । यस्तोमा यात्रा गरिरहेका वेला यसले धोका दिनसक्छ । यस्तोमा बीचबाटोमा पुगेर मोटरसाइकल बिग्रियो भने दुःख पाउन सकिन्छ । यस्तोमा मोटरसाइकलको सुरक्षा कसरी गर्ने त ?

ध्यान दिनुपर्ने कुराहरु :

क) गुणस्तरीय तेलको प्रयोग

मोटरसाइकलमा सबैभन्दा बढी हुने लापरबाही भनेको यसमा प्रयोग गर्ने तेल हो । विश्वासिलो पेट्रोल पम्पबाट तेल नभर्दा यसको गुणस्तरमा प्रश्न उठ्न सक्छ । तसर्थ जस्तो पायो त्यस्तै तेलको प्रयोग गर्नुको सट्टा विश्वाशिलो पेट्रोल पम्पबाटै तेल भर्नु पर्दछ ।

ख) मोविलको गुणस्तर

हरेक मोटरसाइकलको जीवन भनेको यसमा प्रयोग गरीने मोविल हो । तसर्थ मोविल प्रयोग गर्दा गुणस्तरीय मात्र प्रयोग गर्नु पर्दछ । अन्यथा मोटरसाइकलको इन्जिन चाँडै बिग्रने खतरा हुन्छ । साथै मोविल प्रयोग गर्दा आफ्नो सामुन्नेमा सिल खोलेर मात्र हाल्न मेकानिकलाई अह्राउनु पर्दछ । अन्यथा गलत वा प्रयोग भइसकेको मोविल प्रयोगबाट ठगिन सक्नु हुन्छ ।

ग) २ हजार किलोमिटर वा ३ महिनामा सर्भिसिङ

बाइक किनेपछि धेरैले यसको सर्भिसिङमा ध्यान दिदैँनन् । तर समयमा सर्भिसिङ नगर्दा मोटरसाइकल बिग्रन्छ । तसर्थ अनिवार्य २ हजार किलोमिटर गुडेपछि अथवा हरेक ३ महिनामा अनिवार्य सर्भिसिङ गर्नु पर्दछ ।

घ) पार्किङ गर्दा छोप्ने

धेरैले मोटरसाइकल पार्किङ गर्दा घाम वा पानीमा त्यसै छाड्ने गर्दछन् । तर हरेक यात्रापछि मोटरसाइकल पार्किङ गर्दा अनिवार्य छोप्नु पर्दछ । यसकालागि बजारमा पाइने मोटरसाइकल कभर वा छत भएको घर वा ओत लाग्ने स्थान हुनु पर्दछ ।

ङ) कम्पनीको सामान प्रयोग

धेरैले ध्यान नदिने अर्को कुरा हो, मोटरसाइकल मर्मतमा प्रयोग गर्ने सामान । धेरैले आफ्नो मोटरसाइकलको कम्पनी बाहिरको सामान समेत प्रयोग गर्दछन् । तर यो एकदमै गलत हो । तसर्थ अनिवार्य रूपमा मोटरसाइकलको कम्पनीको मात्र सामान प्रयोग गर्नु पर्दछ । यसो गरे मोटरसाइकल बिग्रने डर हुँदैन ।

च) अन्य जानकारी

मोटरसाइकलमा ध्यान दिने अन्य कुरा भनेको स्पार्क प्लग, पांग्राको हावा, क्लज, एक्सिलेटर, इन्जिन आयलको लेबललगायतका बिषयमा नियमित जाँच गर्नु पर्दछ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : १३ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका