कार्बन नेट जिरो लक्ष्यमा धेरैको नजर भारतमाथि | Khabarhub Khabarhub

कार्बन नेट जिरो लक्ष्यमा धेरैको नजर भारतमाथि


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले कार्बन उत्सर्जनलाई शून्यमा झार्ने डेट लाइन (अन्तिम समयसीमा) तय नगरेपछि वातावरण क्षेत्रमा चासो राख्नेहरू अलमलमा परेका छन् । अमेरिकी जलवायु दूत जोन केरीले भारतसँग वातावरण सुधारको विषयमा सहकार्य गर्न पाउँदा खुसी भएको बताएका भए पनि भारतले जतिसक्दो चाँडो आफ्नो योजना प्रस्ट नपारे जटिलता हुने उनको ठहर छ ।

४५० गीगावाट पुनर्नवीकरणीय ऊर्जा उत्पादनको लक्ष्यमा सहकार्य गर्न केरीले ‘क्लाइमेट एक्सन एन्ड फाइनान्स मोबिलाइजेसन डाइलग (सीएएफएमडी)’ मा प्रस्ताव गरेपछि यसले भारतलाई खुसी तुल्याएको छ ।

यो वार्तामा खुसी प्रट गरे पनि भारतले कार्बन उत्सर्जन शून्यमा झार्न कुनै योजना अघि सारेको देखिएको छैन । ‘नेट जिरो’ को मतलब कार्बन उत्सर्जन पूर्णरूपमा घटाउनु व्यापकरूपमा बिरुवा रोप्नु हो । यसकारण ‘नेट जिरो’ को अवस्था साँच्चै लामो योजनापछि मात्रै सम्भव हुन्छ ।
संसारको सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने देश चीनले सन् २०६० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने तथा २०३० अघि नै कार्बन उत्सर्जनको पिकको समय पार गरिसक्ने जनाएको छ । हालै नयाँ कोइला खानी निर्माण गर्न थालेका कारण न धेरैलाई चीनको कुरामा पत्याउन कठिन भएको छ ।

दोस्रो धेरै कार्बन उत्सर्जन गर्ने देश अमेरिकाले सन् २०५० मा शून्यमा झार्ने लक्ष्य राखेको छ । यसका लागि २०३५ देखि ऊर्जा क्षेत्रमा ‘डी कार्बोनाइज’ नीति कार्यान्वयन गर्ने भएको छ ।

धेरै कार्बन उत्सर्जन हुने तेस्रो देश भारतले पेरिस सम्झौताअनुसार संयुक्त राष्ट्र सङ्घलाई बुझाउनुपर्ने जिरो कार्बनको डेट लाइन अझै बुझाएको छैन । पेरिस सम्झौताअनुसार यसमा हस्ताक्षर गर्ने १९६ सदस्य राष्ट्रहरूले हरेक पाँच वर्षमा आफ्नो योजना (एनडीसी) बुझाउनुपर्छ । राष्ट्र सङ्घले जनाएअनुसार यो सम्झौतामा हस्ताक्षर गर्ने १९६ देशमध्ये ११३ देशमा मात्र प्रगति देखिएको छ ।

वैज्ञानिकहरूका अनुसार नेट जिरो कार्बनबारे पेरिस सम्झौतामा राखिएको लक्ष्य र अहिले धेरै देशले राखेको लक्ष्यका बीच धेरै भिन्नताहरू छन् । धेरैले राखेको लक्ष्य र योजना हेर्दा पेरिस सम्झौताको लक्ष्य भेट्टाउन मुस्किल हुनेछ ।

जलवायु परिवर्तनमा अन्तर्राष्ट्रिय स्तरको वैध सम्झौताको रूपमा रहेको पेरिस सम्झौतामा २०१५ डिसेम्बर १२ मा १९६ देशले सहमति जनाएका थिए । यो सम्झौता २०१६ को नोभेम्बर ४ मा लागु भएको हो ।

पेरिस सम्झौता अनुसार पञ्चवर्षीय योजनाको रूपमा काम हुन्छ । पहिलो पाँच वर्ष सन् २०२० मा सकिएपछि धेरै देशले एनडीसी बुझाएका छन् । पेरिस सम्झौता अनुसार नै एक देशले अर्को देशलाई आर्थिक, प्राविधिक र क्षमता अभिवृद्धिमा सहयोग गर्ने नीति रहेको छ ।

अहिलेको जलवायुको अवस्थामा आधारित रहेर विश्लेषण गर्ने हो भने २०३० सम्ममा कार्बन उत्सर्जन १६ प्रतिशतले वृद्धि हुनेछ । यसले वातावरणको तापक्रम २ दशमलव ७ डिग्री सेल्सियससम्म बढ्नेछ । पेरिस सम्झौताले तापक्रम २ डिग्रीभन्दा बढ्न नदिने लक्ष्य राखेको छ । पेरिस सम्झौता यता १ दशमलव ५ प्रतिशतले तातो हुन थालेको जनाउँदै यो लक्ष्य प्राप्तिका लागि सन् २०३० सम्ममा कार्बन उत्सर्जनमा ४५ प्रतिशत कमी ल्याउन पर्ने मत वैज्ञानिकहरूको छ ।

जलवायु परिवर्तनका अन्तर सरकार प्यानल (आइपीसीसी) ले बढ्दो तापक्रमका कारण संसारको जलवायु अहिले नै डर लाग्दो अवस्थामा रहेको ठहर गरेको छ । ग्लास्गोमा हुने जलवायु सम्मेलन ‘कोप २६’ मा भारतले आफ्नो तयारी कसरी गर्नेछ र कसरी प्रस्तुत हुने भन्नेमा धेरैको चासो रहेको छ ।

ग्लास्गोको त्यसै सम्मेलनमा संसारका १९६ देशले आफ्नो देशको जलवायुको अवस्था, यसको असर, चढ्दो समुद्री सतह र परिवर्तित मौसमबारे कुरा राख्नेछन् । पेरिस सम्झौतामा हस्ताक्षर गर्ने १९६ देशलाई एक ठाउँमा उभ्याउन ‘कोप २६’ संयुक्त राष्ट्र सङ्घको महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ ।

जीवाश्म ऊर्जा, कोइलाखानी तथा वातावरण प्रदूषण गराउने अन्य थुप्रै तत्व कसरी नियन्त्रण गर्ने भन्ने बारेमा नोभेम्बरमा हुने उक्त सम्मेलनमा छलफल हुनेछ । कोइलाको उपयोग अन्त्य गर्ने, वन विनाश अन्त्य गर्ने, विद्युतीय यातायात उपयोग गर्ने र पुनर्नवीकरणीय ऊर्जामा लगानी गर्ने लगायत कुरा कार्बन उत्सर्जन न्यूनीकरणमा महत्वपूर्ण मानिएको छ । यसका लागि एक देशले अर्को देशलाई कसरी सहयोग गर्ने भन्ने मुख्य विषय रहेको छ ।

भारतमा नवीकरणीय ऊर्जाका लागि अमेरिकाले समेत सहकार्य गर्ने भएपछि भारतका सामु राम्रो अवसर प्राप्त भएको भनिएको छ । मौसम र तापक्रमका कारण सोलार फार्मका लागि भारत सबैभन्दा उपयुक्त स्थान मानिन्छ ।

गत साता भारत भ्रमण गर्दा केरीले सार्वजनिक रूपमा यो कुरा उठाएनन् । परन्तु जिरो कार्बनको सवालमा उनी सचेत छन् । केरीले शून्यमा झार्ने लक्ष्यका लागि अहिलेदेखि नै नवीकरणीय ऊर्जाको प्रयोग र अत्याधुनिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

द्विपक्षीय वार्तामा सहभागी भारतका जलवायु परिवर्तनमन्त्री भुपेन्दर यादवले न जिरो कार्बनबारे केही बोले, न त कार्बन उत्सर्जन घटाउने भारतीय योजनाबारे केही बताए ।

सीएएफएमडीमा आगामी एक दशकका लागि भारत र अमेरिकाका लक्ष्यका साथै यसका चुनौती र व्यवस्थापनका विषयमा छलफल भएको थियो । भारतमा नवीकरणीय ऊर्जाका लागि अमेरिकाले समेत सहकार्य गर्ने भएपछि भारतका सामु राम्रो अवसर प्राप्त भएको भनिएको छ ।
मौसम र तापक्रमका कारण सोलार फार्मका लागि भारत सबैभन्दा उपयुक्त स्थान मानिन्छ । भारतको ऊर्जा क्षमता २०२१–२२ मा ४७६ गिगावाट भएकोमा २०३० मा यो बढेर ८१७ गिगावाट हुने अनुमान गरिएको छ ।

भारतले २००५ मै २०३० सम्ममा कार्बन उत्सर्जन ३३ देखि ३५ प्रतिशत घटाउने लक्ष्य राखेको थियो । अहिले यो समयसीमामा लक्ष्य प्राप्त गर्न असमर्थ भएको छ । उक्त सीमा बढाउने योजनामा भारतीय अधिकारीहरू रहेका छन् ।

वैज्ञानिकहरू भने पेरिस सम्झौतामा राखिएको लक्ष्य र अहिले धेरै देशले राखेको लक्ष्यका बीच धेरै भिन्नता रहेको बताउँछन् । उनीहरूका अनुसार अहिले धेरैले राखेको लक्ष्य र योजना हेर्दा पेरिस सम्झौताले राखेको लक्ष्य भेट्टाउन मुस्किल हुनेछ ।

भारतकै हकमा हेर्ने हो भने कार्बन उत्सर्जन घटाउन विकसित देशमा जस्तो पक्कै सजिलो हुनेछैन । भारतमा पनि अत्यन्त गरिब मानिसहरू धेरै छन् जो जीवाश्म इन्धनमै निर्भर छन् ।

वातावरण ख्यालमा राख्दै नवीकरणीय ऊर्जाको रूपमा सौर्य ऊर्जा आवश्यक रहेको समयमा भारतले भने कोभिड महामारीको मारमा जनताका लागि कोइला उत्पादन बढाउने घोषणा गरेको छ । केरीले आफ्नो भ्रमणको क्रममा भारतले सौर्य ऊर्जा लगायतका वैकल्पिक ऊर्जामा चासो देखाएकोमा खुसी प्रकट गरे तर प्रस्ट योजना नभएकोमा दुःखी पनि भए ।

केरीले ‘कोप २६’ अघि नै भारत प्रस्ट हुने कुरामा आफू आशावादी रहको जनाउँदै भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएका थिए ।
अहिलेको यो द्विपक्षीय वार्ताको लक्ष्य भारत नोभेम्बरको सम्मेलनमा कसरी प्रस्तुत हुनेछ भन्ने विषयमा पनि हो । यसअघि नै अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०३० सम्मका सामूहिक योजना बनाउन सहमति जनाएका थिए ।

भारतको पछिल्लो भ्रमणपछि केरीले ग्लोबल वार्मिङको समयमा भारतलाई सहयोग गर्नै धेरै अन्तर्राष्ट्रिय लगानी उपलब्ध गराउने पनि जनाएका छन् ।

त्यसो त नोभेम्बरको सम्मेलनमै पनि गरिब देशका सामु थुप्रै चुनौती छन् । गरिब देशमा कार्बन उत्सर्जन घटाउने विषयमा सबैभन्दा बढी चुनौती छ । गरिबीका कारण तत्काल आफूले प्रयोग गर्दै आएको ऊर्जाको स्रोत परिवर्तन गर्नु साँच्चै कठिन मानिएको छ ।

औद्योगिक क्षेत्रमा भन्दा जनजीवनको क्षेत्रमा ऊर्जाको स्रोत परिवर्तन कठिन हुन्छ । गरिब देशको समस्या समाधान हेतु धनी देशले सन् २०२० सम्ममा सय अर्ब अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए तर अहिलेसम्म ७२ अर्ब डलरमात्र उपलब्ध गराएका छन् । पहिले नै प्रतिबद्धता जनाएका कारण सबै रकम उपलब्ध हुनेमा सरोकारवालाको अपेक्षा छ ।

कार्बनको सवालमा ‘नेट जिरो’ को अवधारण ल्याउने संसारकै पहिलो देश बेलायतले २०५० का लागि यो लक्ष्य राखेको छ । यस वर्षको अन्त्यमा बेलायतले २०३५ सम्ममा ७८ प्रतिशत कटौती गर्ने आफ्नो लक्ष्य सार्वजनिक गरेको छ ।

नोभेम्बरको यो सम्मेलन जलवायु र प्रदूषणरहित वातावरणका लागि महत्वपूर्ण मानिएको छ । यसैको तयारीस्वरूप शक्ति राष्ट्रहरू एक आपसमा वार्ता गरिरहेका छन् । यसै क्रममा भएको अमेरिकी र भारतीय पक्षको वार्ता र भारतले ‘नेट जिरो’ का लागि राख्ने समय सीमा अहिले संसारकै लागि चासोको विषय हो ।

शायद जेनेभाको जलवायु सम्मेलनसम्ममा भारतले यसका लागि समय सीमा तय गरिसक्नेछ ।

–एजेन्सीहरूको सहयोगमा

 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १० : ०१ बजे

दशैँमा कसरी हुँदैछ बिजुली व्यवस्थापन ?

काठमाडौं – सरकारले दशैँको अवधिभर गुणस्तरीय र भरपर्दो विद्युत सेवा

स्वादे जिब्रोको परिणाम : दुई महिनामै १९ करोडको मसला खपत

काठमाडौं – खाना खाँदा तरकारी मसालेदार भएन भने नेपालीलाई स्वाद

ओलम्पिकमा पदक खोसिएकी पोगात जम्मु काश्मिरकी सांसद

काश्मीर – जुलाई महिनामा पेरिसमा भएको ओलम्पिक खेलकुदमा वजन विवादका

आज विश्व हुलाक दिवस मनाइँदै

काठमाडौं– आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक