माधव नेपालविरुद्धको मुद्दाको सुनुवाइ जारी, अन्तरिम आदेशको टुंगो लाग्ने « Khabarhub

माधव नेपालविरुद्धको मुद्दाको सुनुवाइ जारी, अन्तरिम आदेशको टुंगो लाग्ने


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्तीको अन्तरिम आदेश माग गर्दै दायर गरेको मुद्दाको सुनुवाइ जारी छ ।

न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि हेर्दा हेर्दैमा राखिएको रिटको सुनवाइ आज पनि भइरहेको हो ।

सोमवारको बहसमा ओली प्रधानमन्त्री छँदा कानूनी सल्लाहकार रहेका अधिवक्ता बाबुराम दाहाल, तत्कालीन महान्यायाधीवक्ता रमेश बडाल लगायतले बहस गरेका थिए ।

एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको भन्दै एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेको हो ।

आज निर्वाचन आयोग र सभामुख सापकोटाका तर्फबाट कानुन व्यवसायीहरूले प्रतिरक्षा बहस गर्दैछन्। उनीहरूको बहस सकिएपछि प्रतिरक्षा बहस हुनेछ। उक्त बहस सकिएपछि इजलासले अन्तरिम आदेश दिन पर्ने या नपर्ने निर्क्यौल गर्नेछ ।

रिटमा १४ सांसद कारवाही नगर्ने सभामुखको निर्णय खारेज हुनुपर्ने, एमालेले कानुन बमोजिम गरेको कारवाही कार्यान्वयन गरी सूचना टाँस्न अन्तरिम आदेश दिनुपर्ने माग गरिएको छ ।

एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका सांसदलाई निष्कासन गरेको सूचना टाँस गरेका थिएनन् ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १२ : ४५ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र