६० हजार रुपैयाँ दिएर श्रीमान्‌को हत्या गरेको खुलासा « Khabarhub

६० हजार रुपैयाँ दिएर श्रीमान्‌को हत्या गरेको खुलासा


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको हत्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा पक्राउ परेकी छन् । भारत विहारको मधुवनीको जयनगर बजार नजिकै दुखरणको शव फेला परेको थियो ।

उनको हत्याको योजनाकारको रूपमा हरिहरदेवी पक्राउ परेकी हुन् । श्रीमान् दुखरणलाई उपचारको बाहनामा जयनगर पुर्‍याएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

उनकाअनुसार श्रीमानको हत्याका लागि हरहरदेवीले यादवको समूहलाई ६० हजार रुपैयाँ दिएकी थिइन् । गत १९ भदौमा दुखरणको शव फेला परेको थियो । धारिलो हतियारको प्रयोग गरेर दुखरणको हत्या भएको थियो । उनको शव घाँटीसहित शरीरका विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो ।

न्युज कारखानाबाट

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ११ : ४५ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६