माओवादी केन्द्रको वडादेखि केन्द्रसम्मका सबै कमिटीमा अब निर्वाचित नेतृत्व | Khabarhub Khabarhub

माओवादी केन्द्रको वडादेखि केन्द्रसम्मका सबै कमिटीमा अब निर्वाचित नेतृत्व


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मका सबै कमिटीको नेतृत्व निर्वाचनबाट चयन गर्ने कार्यविधि बनाएको छ ।

माओवादीको हाल वडा, जिल्ला, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र र केन्द्रीय समितिका कमीटी छन् । यी कमिटीका सबै नेतृत्व अब चुनिएर आउनुपर्ने गरी कार्यविधि बनेको हो ।

नयाँ कार्यविधिअनुसार अब माओवादी केन्द्रको वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन हुने केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए ।

निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ ।

माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिसकेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता पुनले केन्द्रीय निर्वाचन समितिको भर्चुअल बैठकमार्फत सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने जानकारी दिएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्रलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने घोषणा पनि गरे ।

विचार आधारित सबै तहमा निर्वाचित प्रतिनिधि रहेको देशकै सबैभन्दा ठूलो पार्टी माओवादी केन्द्र बन्ने उनको दाबी छ ।

 

 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १ : १५ बजे

उखु उत्पादक किसानलाई १ अर्ब ६० करोड रुपैयाँ अनुदान उपलब्ध गराउन माग

काठमाडौं– नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले उखु

भिजिट भिसा प्रकरणमा हामीले ल्याएको प्रस्तावबाट रास्वपा पछि हट्यो : सचेतक घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा

भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ९७ पुग्यो 

काठमाडौं– भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ

गण्डकीको बजेट : जलवायु संकटको सन्देश दिन माछापुच्छ्रे संवाद 

पोखरा– गण्डकी प्रदेश सरकारले संकटको सन्देश दिन माछापुच्छ्रे संवाद गर्ने

सासु भत्तामा किर्ते : नरैनापुरका पूर्वअध्यक्षसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाविसका