प्रधानमन्त्री देउवासहितको टोली बाढीपहिरोको निरीक्षणमा | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवासहितको टोली बाढीपहिरोको निरीक्षणमा


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा गएको छ ।

प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर सहभागी छन् ।

टोली आज विहान काठमाडौंबाट सुर्खेत प्रस्थान गरेको हो । सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भमा प्रधानमन्त्रीले बिफ्रिङ लिने छन् ।

प्रधानमन्त्रीको टोली सुर्खेतबाट डोटीको दिपायल प्रस्थान गर्नेछ । दिपायलमा बिफ्रिङ तथा अवलोकन गरेर प्रधानमन्त्रीको टोली बझाङतिर लाग्ने छ । त्यहाँ पनि बिफ्रिङ र अवलोकन गर्ने कार्यक्रम छ ।

त्यस क्रममा देउवाले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हवाइ निरीक्षण गर्नेछन् । सुदूरपश्चिम प्रधानमन्त्री देउवाको गृह प्रदेश पनि हो । प्रधानमन्त्रीको टोली धनगढीमा बास बस्ने छ ।

देउवा भोलि शुक्रबार मात्र काठमाडौं फर्कनेछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ९ : १२ बजे

तिहार : प्रकृति, प्रेम र प्रकाशको दिव्य संगम

हिन्दुको महान चाड तिहार घरदैलोमा टेकिसकेको छ। प्रकृति, प्रेम र

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी