भारतमा नौ महिनामा एक अर्बले लगाए खोप « Khabarhub

भारतमा नौ महिनामा एक अर्बले लगाए खोप


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा कोभिड खोप लगाउनेको संख्या आजदेखि एक अर्ब पुग्दैछ । बुधबारसम्म ९९ करोड ७० लाखले कोभिडबिरुद्धको खोप लगाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज बिहीबार कम्तिमा ३० लाखले खोप लगाउने कार्यक्रम छ ।

सरकारले नौ महिनाअघि कोभिडबिरुद्धको खोप अभियान चलाएको थियो । छोटो समयमा नै धैरै नागरिकले खोप लगाएको भन्दै नरेन्द्र मोदी नेतृत्वको सरकारले यसलाई ठूलो सफलता बताएको छ ।

संघीय स्वास्थ्य मन्त्री मन्सुख मन्दाभियाले कोभिड खोप लगाउन छुटेका सबै नागरिकलाई तत्काल खोप लगाउन आह्वान गर्दै कोभिडबिरुद्धको एतिहासिक यात्रामा योगदान दिन आग्रह गरेका छन् ।

एक अर्ब जनसंख्याले खोप लगाएको अवसरमा भारतले बिहीबार विशेष कार्यक्रम मनाउँदैछ । रेल, विमान र पानीजहाजबाट लाउडस्पिकरमार्फत एक अर्ब जनसंख्याले खोप लगाएको घोषणापछि कोभिड सचेतनासम्बन्धी विशेष कार्यक्रम आयोजना गरिनेछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १० : ०२ बजे

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर