मेलर्वनमा २६२ दिनपछि खुल्दै लकडाउन | Khabarhub Khabarhub

मेलर्वनमा २६२ दिनपछि खुल्दै लकडाउन


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अस्ट्रेलियाको सहर मेलर्वनमा लगाइएको लकडाउन आज रातीदेखि खुल्ने भएको छ । कोभिडको कारण देखाई मेलवर्नमा पटक पटक गरी २६२ दिन लागेको लकडाउन बिहीबार रातीदेखि खुल्न लागेको हो ।

महामारी फैलिएपछि मेलवर्न बिश्वमै धेरै पटक लकडाउन हुने एक मात्र सहर बनेको छ । भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रियुजले आइतबार मेलवर्नको लकडाउन खुला गर्ने घोषणा गरेका थिए । मेलवर्न भिक्टोरिया राज्यको राजधानी सहर हो ।

मेलवर्नमा ७० प्रतिशतले पूर्ण खोप लगाएका छन् । ‘बिहीबार रातको ११ बजेर ५९ मिनेटदेखि मेलवर्नमा लकडाउन, प्रतिबन्ध र कर्फ्यु हुनेछैन् ’, एन्ड्रियुजले भने । ५० लाख जनसंख्या भएको मेलवर्नमा बिहीबारसम्म छैटौं पटक गरी २६२ दिनसम्म लकडाउन लागू हुनेछ । मेलवर्नमा सुरुमा सन् २०२० को मार्चमा लकडाउन भएको थियो ।

अस्ट्रेलया र अन्य सञ्चार माध्यमहरुले यो विश्वकै सबैभन्दा लामो लकडाउन भएको बताउँदै आएका छन् । यसअघि अर्जेन्टिनाको व्युनस आर्यसमा २३४ दिन लकडाउन भएको थियो ।

सरकारले कोभिड महामारीलाई शून्यमा झार्ने रणनीति लिएको छ । यसका लागि खोप अभियानालाई तीब्रता दिएको छ ।

भिक्टोरियामा १६ वर्षमाथिका ६५ प्रतिशत भन्दाबढीले दोस्रो डोज लगाएका छन् भने ८९ प्रतिशतले पहिलो डोज लगाएका छन् । लकडाउन खुलेसँगै प्रत्येक दिन कुनै पनि व्यक्तिको घरमा बढीमा १० जना आगन्तुकले भ्रमण गर्न सक्नेछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १२ : ०४ बजे

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी

खबरहब ब्रिफिङ : उपचुनाव, लगानी सम्मेलन, प्रदूषण, अवहेलना, इन्टरनेट…

काठमाडौं – यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि

आजका समाचार : प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा