अनमोलको अनप्रोफेसनल व्यवहार « Khabarhub

अनमोलको अनप्रोफेसनल व्यवहार


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अनमोल केसी ! कलिउडका महँगा अभिनेतामध्येका हुन् । उनको पारिश्रमिकको पनि चर्चा हुने गर्छ । ‘होस्टेल’ बाट उदाएका अनमोलले सुरुवाती दिनमा धेरै निर्मातालाई मुनाफा दिलाए । केही फिल्मलाई बिर्सिने हो भने उनले अभिनय गरेका फिल्मले निर्मातालाई निराश बनाएको छैन ।

उनले अभिनय गरेका फिल्मले चर्चा भने राम्रै दिने गरेको छ । यीनै अनमोलले केहि निर्मातालाई फिल्म गर्ने सहमति गरेर पनि फिल्म छाडेका छन् ।

ग्याङस्टर ब्लुज

निर्देशक हेमराज विसीसँग होस्टेल, जेरी र गाजलुमा काम गरेर गरिसकेका अनमोलको सम्बन्ध ‘ग्याङस्टर ब्लुजु’मा आएर बिग्रियो । यो फिल्मका लागि उनले लुक्स पनि बनाइरहेका थिए । तर घोषणा हुने समयमा आशिरमान डिएस जोशीको इन्ट्री फिल्ममा भयो । फिल्मनगरीमा यी दुईको बीचमा पारिश्रमिकको कुरा नमिल्दा फिल्ममा सहकार्य नहुन सकेको चर्चा चलेको थियो ।

ब्याचलर बन्टी

मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘ब्याचलर बन्टी’ पनि अनमोलले अन्तिम समयमा छाडेका थिए । उनले स्क्रिप्ट चित्तबुझ्दो नभएको भन्दै अन्तिम समयमा आएर ‘ब्याचलर बन्टी’ बाट हात झिकेका थिए । हिरोइनसमेत फाइनल भएको अवस्थामा उनले फिल्म नखेल्ने निर्णय गर्दा निर्माताले लगानी गुमाएका थिए । कारण स्क्रिप्ट देखाए पनि आपसी समझदारी नहुँदा सहकार्य हुन सकेन । निर्देशक चाम्स र अनमोलबीचको मतभेदले फिल्म नै बन्न सकेन ।

धुपौरे

‘एन्टी हिरो’ पछि धकेलेर ‘धुपौरे’ साइन गरेका अनमोलले यो फिल्मलाई पनि अन्तिम समयमा आएर धोका दिए । फ्लोरमा जान अन्तिम तयारी भइरहँदा स्क्रिप्ट चित्तबुझ्दो नभएको बहानामा अनमोलले अस्वीकार गरेका थिए । फिल्ममा आफ्नो खर्चसमेत भइसकेको भन्दै निर्माण पक्षले महानगरीय प्रहरी परिसरमा ‘झुक्याई रकम लिएको’ कसुरमा उजुरीसमेत दिएको थियो । यद्यपि यो विवाद साम्य भयो ।

निर्देशक साम्तेन भुटियाले फिल्म अझै बनाउन सकेका छैनन् । प्रोफेसनल कलाकारले सबैभन्दा पहिला स्क्रिप्ट चित्त बुझेपछि मात्र फिल्ममा अभिनय गर्ने रनगर्ने निर्णय गर्छन्। तर, अनमोलको व्यवहार ठीक उल्टो छ । त्यसैले कलिउडमा अनमोललाई अनप्रोफेसनल कलाकारका रुपमा चिनाउन थालेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १० : ३५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा