नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गर्दा पार्टी कमजोर भयो– सिंह « Khabarhub

नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गर्दा पार्टी कमजोर भयो– सिंह


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वको गलत आचरणले पार्टी कमजोर भएको आरोप लगाएका छन् । उनले नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गर्दा पार्टी कमजोर भएको बताए ।

धादिङको धुनिबेसीमा नेपाली कांग्रेस धुनिबेसी नगर समितिको कार्यलय भवन उदघाटन गर्दै नेता सिंहले अबको नेतृत्व विधि, पद्धति र मूल्यमान्यता पालना गर्नसक्ने हुन आवश्यक रहेको बताए ।

उनले विधिसम्वत र संस्थागत रुपमा पार्टीलाई अगाडी बढाउनको लागी सक्षम नेतृत्व चाहिने बताए ।

पार्टीका सिनियर नेतालाई सम्मान गर्ने तर अबसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको तर्क छ । उनले तोकिएको मितिमा पार्टीको आसन्न १४ औं महाधिबेशन गर्न सबैले दबाब दिनुपर्ने पनि बताए ।

उनले भने, ‘महाधिबेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नु पर्दछ । क्रियाशिल सदस्यता विधि र पद्धती अनुसार वितरण हुनुपर्छ । यसअघिको सहमति अनुसार नै पार्टीको अधिवेशन अगाडी बढाउनु पर्दछ । यसमा नेतृत्वले ध्यान दिन जरुरी छ ।’

अधिवेशन त समयमा नै गर्न नसकेको कांग्रेसले कसरी देश विकास गर्न सक्छ भन्दै जनताले प्रश्न गरेको उनले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ११ : ५१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा