बाढी, पहिरो र डुबानमा परी १०१ जनाको मृत्यु, ४० जना घाइते « Khabarhub

बाढी, पहिरो र डुबानमा परी १०१ जनाको मृत्यु, ४० जना घाइते


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

१ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएका छन् ।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ५ : ३२ बजे

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशनमा हेरफेर, सेयर कर्जा, सवारी कर्जा र निर्माण व्यवसायीलाई राहत

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी

इरानले अमेरिकी नागरिक डेना करारीलाई रिहा गर्‍यो

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले डिसेम्बर २०२४ देखि देश छोड्न

विश्वकपमा हारपछि विवादमा बेलिङ्घम, उत्सव मनाइरहेका अर्जेन्टिनी खेलाडीसँग धक्कामुक्का

एटलान्टा- फिफा विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ को हार बेहोरेपछि इंग्ल्यान्डका

केही क्षणको वर्षाले काठमाडौंका सडक जलमग्न (तस्बिरहरू)

काठमाडौं– बिहीबार दिउँसोको वर्षाका कारण काठमाडौंका विभिन्न सडक डुबानमा परेको

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज