फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो « Khabarhub

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता भएको नेपाली टोली विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको नियमित वरीयतामा एक स्थान तल झरेको छ ।

बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमा पुगेको छ । यसअघि नेपाली टोलीको वरीयता १६८‍औँ रहेको थियो ।

दक्षिण एसियाको वरीयतामा आठौँ पटक साफ च्याम्पियन भारत १०३ औँ स्थानसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको माल्दिभ्सको १५६औँ स्थानमा छ । नेपाल तेस्रो स्थानमा रहँदा भुटान १८६ औँसहित चौथो स्थानमा छ ।

यस्तै, १८७ औँ स्थानसहित बंगलादेश दक्षिण एसियामा पाँचौँ स्थानमा रहँदा फिफा प्रतिबन्धमा रहेको पाकिस्तान १९७ औँ स्थानमा छ । साफमा सुधारिएको देखिएको श्रीलंका २०४ औँ स्थानमा छ ।

फिफाको नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम छ । यस्तै, ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौँमा इंग्ल्यान्ड रहेका छन् ।

यता, कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिना छैटौँ स्थानमा रहँदा स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र डेनमार्क दशौँ स्थानमा छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ७ : ३२ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै