विपक्षी गठबन्धनलाई एमालेको चुनौती : ताजा जनादेशमा जाऔँ, कसलाई जनताले पत्याउँछन् हेरौँ | Khabarhub Khabarhub

विपक्षी गठबन्धनलाई एमालेको चुनौती : ताजा जनादेशमा जाऔँ, कसलाई जनताले पत्याउँछन् हेरौँ


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशका सत्तारुढ दल नेकपा एमालेले विपक्षी गठबन्धनलाई ताजा जनादेशमा जान चुनौती दिएको छ । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमालेका प्रदेशसभा सांसद् रामेश्वर फुयाँलले विपक्षी गठबन्धनलाई ताजा जनादेशमा गएर जनताको विश्वास मापन गर्न चुनौती दिएका हुन् ।

एमाले नेतृत्वको सरकारले जनपक्षीय काम गरेको भन्दै उनले अहिले पनि जनताको विश्वास एमालेमाथि नै रहेको दाबी गरे । तर, विपक्षी गठबन्धनले लगाएको आरोप खण्डन गर्दै उनले भने, ‘म विपक्षी गठबन्धनलाई भन्न चाहन्छु, ताजा जनादेशमा जाऔँ र जनताको विश्वासको परीक्षण गरौँ ।’

बिहीबार जारी बैठकमा अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेको प्रस्तावमाथि छलफल भइरहेको छ । तर, माओवादी केन्द्र, कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपा सम्मिलित गठबन्धन सो प्रस्तावको विपक्षमा उभिएका छन् ।

उक्त प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेलले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका छन् ।

प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो ।

माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी) सँग १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सांसद छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ७ : ५४ बजे

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेछ : मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको

नागढुङ्गा दुर्घटनाका घाइतेको एपीएफ अस्पतालमा उपचार

काठमाडौं–  काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना

सम्पादकहरूको विज्ञप्ति : प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक

काठमाडौँ – नेपालको प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले प्रहरी परिचालन गरेर पत्रकार

संसद् सचिवालयको सचिवमा दुराको बढुवा

काठमाडौं– सङ्घीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा

ग्वार्को फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न

काठमाडौं– ललितपुरको ग्वार्कोस्थित फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको