भारतमा एक अर्बभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइयो « Khabarhub

भारतमा एक अर्बभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइयो


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा एक अर्बभन्दा बढी मानिसलाई कोरोना विरुद्धको खोप लगाइएको छ। भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले एक अर्बभन्दा धेरै जनतालाई खोप लगाउन सफल हुनु ठूलो उपल्ब्धी भएको बताउँदै छिट्टै सबै जनतालाई खोप उपलब्ध गराइने जानकारी दिएका छन् ।

मन्त्री गोयलले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा उक्त अभियान सफल भएको बताउँदै लक्ष्यित उमेर समूहका नागरिकलाई लगाउँनमा निम्ति यथेष्ट खोप मौज्दात रहेको जानकारी दिएका छन् । मन्त्री गोयलले प्रधानमन्त्री मोदीको प्रत्यक्ष निगरानी र उत्प्रेरणाले उक्त अभियानले छिटै ठूलो उपलब्धी प्राप्त गरेको विचार व्यक्त गरेका छन् ।

यसैगरी छोटो समयमै एक अर्बभन्दा बढी मानिसलाई खोप लगाउन सफल भएकामा प्रधानमन्त्री नरेन्द्र मोदीले चिकित्सक, नर्ससहित अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गरेका छन् । एएनआई

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ८ : ३४ बजे

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर