बाबुरामको नजरमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखाउनुपर्ने ओलीका काम « Khabarhub

बाबुरामको नजरमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखाउनुपर्ने ओलीका काम


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले गरेका काम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्ने हो भने सो बुक आधा भरिने बताएपछि अहिले उनी व्यंग्यका पात्र बनेका छन् ।

ओलीको यो भनाइ आएपछि अर्का पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् संयोजक डा बाबुराम भट्टराईले गिनिज बुकमा लेखाउन लायक ओलीले गरेका कामको सूची तयार पारेका छन् । उनले ट्वीट गर्दै सूची सार्वजनिक गरेका छन् ।

उनले दुई पटक संसद् विघटन, दुई तिहाइको सरकार ढल्नु, ६ वटा प्रदेशमा सरकार नेतृत्व गरेको पार्टी अहिले सडकमा पुग्नुलाई गिनिज बुकमा रेडर्क राख्न लायक काम भन्दै व्यंग्य गरेका छन् ।

उनले लेखेका छन्, ‘ओलीको गिनिज बुक रेकर्ड= १ २/२पटक असंवैधिक ढंगले संसद विघटन र अदालतबाट पुनर्स्थापना २ संघमा २/३ बहुमतको सरकार र ६ वटा प्रदेश सरकार गुमाएर सडकमा, ३ सरकारी निवासमा विदेशी गुप्तचरसंग घण्टौं कानेखुसी, ४ मुखमा कम्युनिष्ट मनमा ठोरीवाला रामस, ५ हावादारी गफ र उखानटुक्कामा ताली लाउने अरिंगाल सेना !’

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १० : ३४ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै