कानुनव्यवसायीले आज बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने (भिडियोसहित) « Khabarhub

कानुनव्यवसायीले आज बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने (भिडियोसहित)


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कानुनव्यवसायीले आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै चौँथो चरणमा आन्दोलनमा होमिएका उनीहरुले आज देशभर बहस पैरवी बन्द गर्ने भएका हुन्।

गत कात्तिक १४ गतेदेखि निरन्तर विरोध र धर्ना जारी राखेको नेपाल बार एशोसिएशनले न्यायपालिकाको विकृति, विसंगति, विचौलिया तथा भ्रष्टाचार नियन्त्रण गरी न्यायपालिकाको समग्र सुधार र शुद्धीकरणका लागि प्रधानन्यायाधीश जबराको राजीनामालाई मुख्य शर्त बनाएको छ ।

बारको नेतृत्वमा सर्वोच्च अदालतमा गरिएका शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन हतियारसहित ठूलो संख्यामा दंगा प्रहरी प्रवेश गराइएको भन्दै उसले देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।

बारको आन्दोलनको कार्यक्रम

भोलि सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म कालो पट्टीसहित धर्ना दिने ।
संसदमा रहेका सबै राजनीतिक दललाई ज्ञापनपत्र र ध्यानाकर्षण पत्र बुझाउने ।

पर्सी मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादबाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने ।

बुधबार देशभरका सबै उच्च अदालतमा बृहत् विरोधसभा गर्ने।

बिहीबार र शुक्रबार काठमाडौं उपत्यकाका सबै बार इकाइ सहभागी हुने गरी सर्वोच्चमा धर्ना दिने ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १० : २६ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने