कांग्रेस महाधिवेशन : सुर्खेतका चार प्रदेश क्षेत्रमा नेतृत्व चयन « Khabarhub

कांग्रेस महाधिवेशन : सुर्खेतका चार प्रदेश क्षेत्रमा नेतृत्व चयन


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतका चार वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले मतदानमार्फत प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्वको टुङ्गो लगाएको हो ।

सहायक जिल्ला निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाका अनुसार सुर्खेत क्षेत्र नं १ प्रदेशसभा क्षेत्र (क) मा केशर वली, (ख) मा भुपेन्द्र सुवेदी, क्षेत्र नं २ को प्रदेशसभा (क) मा कर्णबहादुर बुढा र (ख) मा तेजबहादुर बस्नेत सभापति पदमा निर्वाचित भएका छन् ।

अधिवेशनबाट प्रदेशसभा कार्यसमितिका साथै प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ । सहायक निर्वाचन अधिकृत सापकोटाले सोमबार सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशन र यही मंसिर १० गते जिल्ला अधिवेशन हुने जानकारी दिए ।

जिल्ला अधिवेशनमा जिल्लाका सात पदाधिकारी र १० महासमिति सदस्य चयन हुनेछन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ११ : १० बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा