अन्य दुई प्रदेशलाई पाल्न सक्ने क्षमता छ : मुख्यमन्त्री केसी « Khabarhub

अन्य दुई प्रदेशलाई पाल्न सक्ने क्षमता छ : मुख्यमन्त्री केसी


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश देशमा शक्तिशाली हुने आधार रहेको बताएका छन्। उनले १२ जिल्लामध्ये छ जिल्ला अन्नभण्डारका रूपमा रहेका र अन्य दुई प्रदेशलाई पाल्न सक्ने क्षमता रहेको बताएका हुन् ।

बगनासकाली गाउँपालि–८ स्थित बगनासकाली बहुउद्देश्यी सहकारी संस्थाको भवन उद्घाटन गर्दै उनले सहकारीको संरचना प्रयोग गरी ग्रामीण उद्योग विकास गर्ने आधार तय भएको बताए । उनले सहकारीमार्फत ग्रामीण क्षेत्रमा साना उद्योगको स्थापना गर्न सकिने र ग्रामीण क्षेत्रको आर्थिक चलायमान हुने उल्लेख गरे ।

सहकारीका माध्यमबाट ग्रामीण क्षेत्रमा सामाजिक एकता कायम गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउन ठूलो सहयोग गरेको मुख्यमन्त्री केसीको भनाइ थियो । विदेश तथा सहरी क्षेत्रमा रहेका युवा जन्मभूमि फर्केर सहकारीका माध्यमबाट स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्ने र त्यसका लागि सरकार लगानी गर्न तयार रहेको उनले बताए ।

उनले प्रदेशभित्रका युवालाई रोजगारी तथा स्वरोजगार सिर्जना गर्न पूँजीको अभाव हुनेलाई दुई प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्न प्रदेश विकास बैंक स्थापना गर्ने तयारीमा सरकार रहेको जानकारी गराए। त्यसका लागि रु ५० करोड बजेटको व्यवस्था गरिएकोसमेत उनले बताएका छन् । उनले प्रदेश बैंक स्थापनाले यस क्षेत्रमा साना तथा ठूला उद्योग विस्तार हुने बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १२ : २० बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल