संसदीय सुनुवाइ समितिको बैठक स्थगित, प्रस्तावित राजदूतको सुनुवाइ प्रभावित « Khabarhub

संसदीय सुनुवाइ समितिको बैठक स्थगित, प्रस्तावित राजदूतको सुनुवाइ प्रभावित


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सरेको छ ।

संसदीय सुनुवाइ विशेष समितिले १० दिने उजुरी आह्वान गरेर सुनुवाइका लागि आज विहान ११ बजे बैठक बोलाएको थियो । तर सांसदहरू अनुपस्थित भएर कोरम नपुग्दा राजदूतहरूको संसदीय सुनुवाइ प्रभावित भएको हो ।

बहुमत सांसद अनुपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित गर्नुपरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठक स्थगित गरेर सुनुवाइ १७ मंसिरलाई सारिएको उनले बताए ।

१५ सदस्यीय समितिमा चार जना मन्त्री हुँदा ११ जना बाँकी छन् । ११ मध्ये बहुमत पुग्न ६ जना आवश्यक रहेकोमा ५ जनामात्रै उपस्थित भएका थिए ।

एमालेबाट सुरेन्द्र पाण्डे, निरुदेवी पाल, माओवादीबाट अमृता थापा, देव गुरुङ र लोसपाबाट सभापति कर्ण उपस्थित थिए । अन्य सदस्यहरु पार्टीको महाधिवेशन चलिरहेकाले आउन नसकेको बताइएको छ ।

सरकारले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई नेपाली राजदूतमा सिफारिस गरेको छ । प्रस्तावित राजदूतहरु सुनुवाइका लागि तयारी गरेर बैठकमा आएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  २ : ०३ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल