कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धविरूद्ध यूरोपमा सरकारविरूद्ध व्यापक प्रदर्शन « Khabarhub

कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धविरूद्ध यूरोपमा सरकारविरूद्ध व्यापक प्रदर्शन


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोभिड संक्रमण पुनः फैलिएपछि  यूरोपका विभिन्न देशले प्रतिबन्धात्मक व्यवस्था लागू गरेसँगै ती देशहरूमा सरकारविरोधी तीव्र प्रदर्शन भएका छन् ।

सरकारले लगाएको प्रतिबन्धविरुद्ध स्वीट्जरल्यान्ड, क्रोयसिया, इटाली, उत्तरी आयरल्यान्ड र नेदरल्यान्ड्समा सरकारविरोधी प्रदर्शन भएका हुन् ।

अस्ट्रियामा देशव्यापी लकडाउन घोषणा भएपछि राजधानी भियनालगायतका सहरहरूमा प्रदर्शन भएका छन् । खोप नलगाएका व्यक्तिलाई भिड हुने क्षेत्रमा जान रोक लगाएपछि सर्वसाधारण नागरिक आक्रोशित भएका छन् ।

नेदरल्यान्ड्समा खोपविरोधी प्रदर्शनले उग्र रुप लिएको छ ।  प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा सात जना घाइते भएका छन् ।

इटालीमा सरकारले लगाएको प्रतिबन्धको विरोधमा सर्वसाधारण नागरिक प्रदर्शनमा उत्रिएका छन् । सरकारले खोप नलगाएका व्यक्तिलाई रेस्टुराँ, खेल मैदान, सिनेमा, रेल, जिम हललगायतका क्षेत्रमा जान प्रतिबन्ध लगाएपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

त्यस्तै, क्रोएसियामा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरूले अनिवार्य खोप लगाउनुपर्ने नियमको विरोधमा दशौं हजार मानिस सडकमा उत्रिएका छन् । यसैबीच विश्व स्वास्थ्य संगठनले युरोपमा बढेको कोभिडबाट आफू चिन्तित भएको जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  २ : १५ बजे

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा