वडाध्यक्ष भएपछि पाएको पाँच लाख सेवासुविधा सामाजिक कार्यमा खर्चिने घोषणा « Khabarhub

वडाध्यक्ष भएपछि पाएको पाँच लाख सेवासुविधा सामाजिक कार्यमा खर्चिने घोषणा


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले वडाध्यक्षमा निर्वाचित भएपछि हालसम्म प्राप्त गरेको सेवा सुविधा बापतको रकम सामाजिक कार्यमा खर्चिने घोषणा गरेका छन् । इलामको गजुरमुखीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म कानुन बमोजिम प्राप्त गरेको रकम सामाजिक कार्यमा खर्चिने घोषणा गरेका हुन् ।

उनले नगरपालिकाबाट अहिलेसम्म सेवा सुविधा बापत पाँच लाख रुपैयाँ खातामा जम्मा भएको बताए । त्यसमध्ये दुई लाख रुपैयाँ माइस्थान मन्दिर क्षेत्र विकास समितिको अक्षय कोषमा जम्मा गर्ने बताए ।

अक्षय कोषबाट प्राप्त रकम इलाम बजारमा रहेका परेवाको चारो व्वयस्थापनमा खर्च हुने गरेको छ । बाँकी दुई लाख रुपैयाँ भने नेपाली कांग्रेसको जिल्ला कार्यालय भवन निर्माणका लागि दिने श्रेष्ठले घोषणा गरे । कांग्रेस इलामको आफ्नो कार्यालय भवन छैन । कांग्रेसले भवन निर्माण गर्ने तयारी गरिरहेको छ ।

बाँकी रहेको एक लाख रुपैयाँ भने कांग्रेसको चालु महाधिवेशन र विभिन्न पालिकाहरुलाई सहयोग गरेको श्रेष्ठले बताए । आफू जनताको सेवाका लागि जनप्रतिनिधि भएको र जनताको सेवा गरे बापत सुविधा नलिने घोषणा गरेकाले कानुन बमोजिम प्राप्त रकम सामाजिक कार्यमा खर्चिएको उनले बताए ।

‘सेवा सुविधाका लागि जनप्रतिनिधि लिप्त हुनु हुँदैन, कानुन बमोजिम मेरो खातामा रकम जम्मा भयो,’ उनले भने, ‘त्यो रकम आफूले खर्च नगरेर मन्दिरको अक्षय कोष र पार्टीको लागि खर्च गर्ने निर्णय गरेको हुँ ।’

कांग्रेसका पूर्व सभापति केशव थापाले श्रेष्ठले महानता प्रकट गरेको टिप्पणी गरे । ‘सबैले गर्नुपर्छ भनेर म भन्दिनँ, सक्नेले गर्नुपर्छ,’ उनले भने, ‘यो एउटा महानता हो, यस्तो मान्छे थोरै हुन्छन् ।’

श्रेष्ठले नगरपालिकाबाट यातायात सुविधा लिएका छैनन् । इलाम नगरपालिकाले वडाध्यक्षलाई मोटरसाइकल उपलब्ध गराएको छ । श्रेष्ठ २०४६ देखि विद्यार्थी राजनीतिबाट कांग्रेसँग जोडिएका हुन् । तरुण दल इलामका अध्यक्षसमेत रहेका श्रेष्ठ इलाम निर्वाचन क्षेत्र २ को क्षेत्रीय सभापतिका आकांक्षी हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ५ : ४० बजे

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ (तस्बिरहरू)

काठमाडौं– महाशिवरात्रिको तयारीस्वरुप विश्व सम्पदा सूचीमा सूचीकृत वैदिक सनातन हिन्दू

समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर

जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

गण्डकी– फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा

 रामेछाप बस दुर्घटना : सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयले गरे सडक अवरुद्ध

काठमाडौं– रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य

क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु

टोरन्टो– पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ