काठमाडौँ महानगरको स्थानीय पाठ्यक्रम : सामूदायिक विद्यालयमा लागू, निजीमा भएन | Khabarhub Khabarhub

काठमाडौँ महानगरको स्थानीय पाठ्यक्रम : सामूदायिक विद्यालयमा लागू, निजीमा भएन


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम (नेपाल भाषा) को अध्यापन सामूदायिक विद्यालयमा लागू भए पनि निजी विद्यालयहरुले भने हालसम्म लागू गरेका छैनन् ।

महानगरपालिकाले वि.स २०७७/७/१६ गते सूचना जारी गर्दै स्थानीय पाठ्यक्रमको पठनपाठन गराउन सबै विद्यालयलाई निर्देशन दिए पनि अधिकांश निजी विद्यालयले हालसम्म पठनपाठन गराएका छैनन् ।

विद्यार्थीहरुलाई अनावश्यक रुपमा विभिन्न किसिमका किताबको भार बोकाउने निजी विद्यालयहरुले शिक्षक अभाव, विद्यार्थीहरुले इच्छा नदेखाएको लगायत विभिन्न कारण देखाउँदै स्थानीय पाठ्क्रमलाई वेवास्ता गर्दै आएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) का अध्यक्ष टिकाराम पुरीले महानगरले अनिवार्य गरेको ‘नेपाल भाषा’ संविधानसम्मत नभएको बताए ।

संविधानमा मातृभाषा अनुसार आधारभूत तहसम्मको शिक्षा लिनसक्ने भनेकाले काठमाडौँ महानगरले निर्माण गरेको ‘नेपाल भाषा’ सबैको भाषा नभएको उनको भनाइ छ ।

उनका अनुसार नेपाल भाषा सबै जाति, वर्ग समूदायको नभएर नेवारी समूदायको मात्र भएकाले लागू गर्न नसकिएको हो।

नेवारी समूदायका लागि उक्त पाठ्क्रम ठिक भए पनि अन्य भाषिक समूदायका बालबालिकाहरुका लागि उपयुक्त नभएको उनको भनाइ छ ।

उनका अनुसार अन्य समूदायका बालबालिकाले उक्त भाषा सिक्नुपर्ने आवश्यकता नरहेकाले महानगरले सबैलाई रुचि हुनेखालको पाठ्क्रम निर्माण गर्नुपर्छ ।

संविधानको गलत व्याख्या गरेर महानगरले उक्त पाठ्क्रम लागू गरेको उनको भनाइ छ ।

उक्त पाठ्यक्रम ‘नेपाल भाषा’मा नभएर आम नेपालीले बोल्ने भाषामा निर्माण गरिनुपर्ने उनले बताए ।

उनले भने, ‘स्थानीय सरकारले सबैलाई लाभ हुने खालको र सर्वस्वीकार्य पाठ्क्रम निर्माण गरे निजीहरुले लागु गर्छन ।’ सबैलाई न्याय हुने किसिमको पाठ्यक्रम निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याव्सन) का अध्यक्ष ऋतुराज सापकोटाले महानगरको पाठ्यक्रम सर्वस्वीकार्य नभएको बताए ।

‘नेपाल भाषा’लाई विद्यालयमा अनिवार्य गर्ने कुरामा सबै अभिभावक सहमत नदेखिएकाले लागू गर्ने विषयमा समस्या देखिएको उनको भनाइ छ ।

महानगरले पाठ्यक्रम निर्माण गर्दा निजी विद्यालय क्षेत्रका व्यक्तिहरुलाई सहभागी नगराएका कारण पनि यस्तो समस्या सिर्जना भएको उनले बताए ।

एनप्याव्सन महानगर कार्यसमितिका अध्यक्ष भिष्म पाण्डेले शिक्षक अभाव, विद्यार्थी र अभिभावहरुले रुचि नदेखाउनु, भाषिक तालिमको अभाव लागयत विभिन्न कारण निजी विद्यालयले पाठ्यक्रम लागू गर्न नसकेको बताए ।

नेवारी समूदायका विद्यार्थी बाहेक अन्य समूदायका विद्यार्थीहरुले उक्त पाठ्क्रम अध्ययनमा चासो नदेखाएका कारण पनि लागू गर्न समस्या भएको उनको भनाइ छ ।

पाठ्यक्रममा नभएर भाषामा समस्या भएको उनले बताए । उनका अनुसार त्यही पाठ्क्रम अन्य(सबैले बोल्ने) भाषामा भएको भए सहज हुन्थ्यो ।

पाठ्यक्रम लागू गरेका निजी विद्यालयहरुले पनि जबरजस्ती लगाएको महसुश गरेको उनले बताए ।

निजी विद्यालयले स्थानीय पाठ्यक्रम लागू गरे त्यसको आर्थिक भार अभिभावकलाई नै पर्ने भएकाले ‘नेपाल भाषा’ अध्ययन गर्नुको उपलब्धी के ? भन्ने प्रश्न अभिभावकबाट आउने गरेको उनले बताए ।

निजी विद्यालयले पनि लागू गर्नैपर्छ : सुवेदी

महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीका अनुसार महानगरले निर्माण गरेको स्थानीय पाठ्यक्रम निजी शैक्षिक संस्थाहरुले लागू गर्नैपर्छ ।

महानगरले निर्णय गरेको विषय कानूनी हुने भएकाले सबै निजी विद्यालयहरुले पाठ्यक्रम लागू गर्नुपर्ने उनले बताए ।

निजी विद्यालयलाई पाठ्यपुस्तक किन्न पाउने व्यवस्था पनि महानगरले गरिदिएको उनले बताए । उनका अनुसार छिट्टै निजी विद्यालय सञ्चालकहरुको भेला गराएर पाठ्यक्रम लागू गराउने तयारीमा महानगर छ ।

महानगरभित्र रहेका ९१ सामूदायिक विद्यालयलाई महानगरले नै शिक्षक उपलब्ध गराएर पठनपाठनलाई अघि बढाएको छ भने निजी विद्यालयमा सञ्चालन हुन सकेको छैन ।

यस्तो छ महानगरको स्थानीय पाठ्यक्रम

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक र प्राकृतिक स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता पक्ष समेटेर स्थानीय पाठ्यक्रम तयार पारेको छ । नेपाल भाषा अर्थात नेवारी भाषामा पाठ्युस्तक तयार पारिएकोे छ ।

स्थानीय पाठ्यक्रम लागु भएसँगै १ देखि ८ कक्षा सम्मका विद्यार्थीहरूले थप १०० पूर्णाङ्कको पाठ्यक्रम पढ्नुपर्ने हुन्छ ।

कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका १०० पूर्णाङ्ककै प्रयोगात्मक पाठ्यक्रम राखिएको छ । कक्षा ४ र ५ का लागि ७५ पूर्णाङकको प्रयोगात्मक र २५ पूर्णाङ्कको सैद्धान्तिक राखिएको छ ।

कक्षा ६, ७ र ८ का लागि ५० पूर्णाङ्कको सैद्धान्तिक र ५० पूर्णाङ्कको प्रयोगात्मक राखिएको छ ।

महानगरभित्र ९१ वटा सामूदायिक विद्यालय मध्ये ८५ वटा साधारण, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीका लागि छन् भने ६४० वटा संस्थागत विद्यालय रहेका छन् ।

महानगरभित्रका सबै विद्यालयमा गत वर्षको मंसिर महिनाबाट स्थानीय पाठ्यक्रमको पढाइ सुरु हुनुपर्ने भए पनि अधिकांश निजी विद्यालयहरुले अझै स्थानीय पाठ्क्रमको कक्षा सञ्चालन गराएका छैनन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : ३० बजे

पोखरामा निषेधाज्ञा जारी

गण्डकी– जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र

घाइतेहरूले भरिए काठमाडौँका अस्पताल, मृतकको संख्या बढेर नौ पुग्यो

काठमाडौँ– जेन-जीको नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन उग्र र हिंसात्मक

इटहरीमा जेन-जीको प्रदर्शन : उपमहानगर अगाडिको भवन तोडफोड 

इटहरी– इटहरी उपमहानगरपालिका अगाडि प्रर्दशन गरिरहेका जेन-जीलाई प्रहरीले दमन गरेपछि जेन-जी

जेन-जीको आन्दोलन : अभियान छाडेर काठमाडौं फर्किँदै प्रचण्डसहितका नेता

काठमाडौं– काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शनले अवस्था तनावग्रस्त

जेन-जी आन्दोलनको इपिसेन्टर बानेश्वर (तस्बिरहरू)

काठमाडौं– जेन-जी प्रदर्शनकारीहरूले काठमाडौंको नयाँबानेश्वरस्थित विरोध प्रदर्शन गरिरहेका छन् ।