ओलीले महाधिवेशन प्रतिनिधिहरुलाई रात्रि भोज दिने « Khabarhub

ओलीले महाधिवेशन प्रतिनिधिहरुलाई रात्रि भोज दिने


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रि भोज दिने भएका छन् । यही मंसिर ११ गते उनले चितवनको सौराहस्थित एक होटलमा रात्रि भोज दिनेछन् । एमालेको महाधिवेशन १० गते चितवनमा उद्घाटन हुनेछ । बन्द सत्र भने सौराहास्थित सेभेनस्टार होटलमा हुनेछ ।

अध्यक्ष ओलीले देशभरबाट आएका १९ बढी महाधिवेशन प्रतिनिधिलाई रात्रि भोज दिने र आफ्नो नेतृत्वबारे प्रष्टीकरण दिने कार्यक्रम तय भएको ओली निकट स्रोतले जनाएको छ । एमाले विभाजनपछि पहिलो पटक महाधिवेशन हुन लागेको छ ।

ओली पुनः अध्यक्षमा निर्विरोध दोहोरिने चर्चाका बीच आइतबारमात्र उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छ । रावलको घोषणासँगै अब अध्यक्षमा चुनाव हुने लगभग पक्का देखिएको छ । १५ सदस्यीय पदाधिकारी पनि सर्वसम्मतको कसरत भइरहेको छ ।

तर, आकांक्षी धेरै भएकाले चुनाव हुने सम्भावना पनि बढ्दै गएको नेताहरुले बताएका छन् । हालका पदाधिकारीले पनि फेरि पदाधिकारीमै दाबी गरिरहेका छन् भने हाल पदाधिकारी नरहेका नेताहरुले पनि पदाधिकारीमा दाबी गरेका छन् । उनीहरुले पदाधिकारीमा दाबी गरे पनि उम्मेदवारी दिने विषयमा भने कसैले पनि मुख खोलेका छैनन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : ०२ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।