नवनिर्वाचित राष्ट्रपति गाब्रियलले चिलीमा बलियो सरकार बनाउने अपेक्षा « Khabarhub

नवनिर्वाचित राष्ट्रपति गाब्रियलले चिलीमा बलियो सरकार बनाउने अपेक्षा


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – वाम झुकावका उम्मेद्वार गेब्रियल बोरिकले आइतबार चिलीको राष्ट्रपतिको निर्वाचनमा जित हाँसिल गरेसँगै बलियो सरकार बन्ने अपेक्षा गरिएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टले ट्विटरमा लेखेका छन्, ‘मैले गाब्रियलको ठूलो विजयको लागि बधाइ दिएँ। चिलीको निर्वाचित राष्ट्रपति उनलाई हाम्रो सबै सम्मान र रचनात्मक सहयोग हुनेछ।’

बोरिकले ५५.८७ प्रतिशत भोट प्राप्त गरेका थिए भने कास्टले ४४.१३ प्रतिशत मत प्राप्त गरे ।

यसै गरी चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले नवनिर्वाचित राष्ट्रपतिसँग फोन वार्ता गरेका छन् । त्यसक्रममा बोरिकले ‘आफैले सबै भन्दा राम्रो’ नतिजा दिनेमा आफू विश्वस्त रहेको बताएका थिए।

‘हामी सबैलाई आशा छ कि तपाईले चिली र चिलीका लागि धेरै राम्रो सरकार बनाउनुहुनेछ,’ पिनेराले भनेका छन्।

राष्ट्रपतिले निर्वाचनमा ८ मिलियन भन्दा बढी मानिसहरूले मतदान गर्नु देशको इतिहासमा सबैभन्दा ठूलो संख्या भएको उल्लेख गरे।

३५ वर्षीय बोरिक म्यागालानेसको दक्षिणी क्षेत्रका डेपुटी हुन्। उनी ‘अप्रुभ डिग्निटी’का उम्मेद्वार हुन् जुन वामपन्थी गठबन्धन हो जसमा ब्रोड फ्रन्ट गठबन्धन र चिलीको कम्युनिष्ट पार्टी समावेश छ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ६ : २२ बजे

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५