३५ हजार बालबालिकालाई विद्यालयमै लगाइयो कोरोना खोप « Khabarhub

३५ हजार बालबालिकालाई विद्यालयमै लगाइयो कोरोना खोप


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो ।

विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई विद्यालयमै खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरिएको छ ।

‘मोडर्ना खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरणसँगै खोप पनि दिएर पठाएका छौ,’ उनले भने, ‘स्थानीय तहले यसको व्यवस्थापन मिलाउनेछन् ।’ जिल्लाको म्याग्दे गाउँपालिकाले पुस ८ गते १३ वटा विद्यालयमा अध्ययनरत बालबालिकालाई खोप लगाउने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार पाँच वटा विद्यालयमा खोप केन्द्र तय गरिएको छ । ती विद्यालयमा रहेका एक हजार पाँच सय छ विद्यार्थीलाई खोप लगाइनेछ ।

पसले आधारभूत विद्यालयका २४, गणपति माध्यमिक विद्यालयका १५०, विजय आधारभूत विद्यालयका नौ, महेन्द्र माध्यमिक विद्यालयका १९३, मिन माध्यमिक विद्यालयका ४००, गणेश माध्यमिक विद्यालयका २७, अकला आधारभूत विद्यालयका १८, प्रभा आधारभूत विद्यालयका १३, आदर्श बोर्डिङ स्कूलका ११०, न्युभिजन पब्लिक स्कूलका ४४, राधा माध्यमिक विद्यालयका ३८९, मेघदह बोर्डिङ स्कूलका ७४ र रत्न माध्यमिक विद्यालयका ५५ विद्यार्थीलाई खोप लगाइनेछ ।

बन्दिपुर गाउँपालिकाले पुस ६ गतेदेखि ८ गतेसम्म खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिकाले आठ वटा खोपकेन्द्रमार्फत् १५ वटा विद्यालयका विद्यार्थीलाई पहिलो मात्राको खोप लगाउने स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले जानकारी दिए ।

गाउँपालिकाले पवित्रा मावि, विष्णु मावि, जनता आवि, मनास्लु बोर्डिङ, दीपशीखा बोर्डिङ, जगदिश्वर आवि, नोट्रेडम मावि, बिलिभर्स बोर्डिङ, भानु मावि, दिल आवि, कालिका मावि, शिव मावि, अरुण मावि र सेतीगङ्गा आविका विद्यार्थीलाई खोप लगाउनेछ । व्यास नगरपालिकाले पुस १३ गते खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

सरकारले ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकाका लागि पुस ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा मोडना खोप अभियान सञ्चालन गर्दैछ । खोपहरू पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्क भई बालबालिकालाई खोप लगाउन प्रेरित गर्न सरकारले आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ६ : ५१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल