लागुऔषधसहित मोटरसाइकलमा सवार तीन युवक पक्राउ « Khabarhub

लागुऔषधसहित मोटरसाइकलमा सवार तीन युवक पक्राउ


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – पुर्नवास नरपालिका–४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई आज बिहान पक्राउ गरेको छ ।

लागुऔषधसहित भारतबाट से३प ७५२५ नंको मोटरसाइकलमा सवार लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश रानालाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ परेकाहरुको साथबाट नेट्राभेट १० नामक लागुऔषध ट्याबलेट १३ थान, नेपाली रुपैयाँ ३५० र मोबाइल तीन थान बरामद गरिएको छ ।

बरामद लागुऔषध, नगद रकम, मोबाइल, मोटरसाइकलसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ९ : ३० बजे

एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ– खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन

सामुदायिक वनको १२ लाख हिनामिना : रास्वपा नेता अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समितिको रकम