गण्डकी प्रदेशमा ११ लाख बढीले लिए कोरोनाको फूल डोज खोप « Khabarhub

गण्डकी प्रदेशमा ११ लाख बढीले लिए कोरोनाको फूल डोज खोप


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोनाविरुद्ध खोपको पूरा मात्रा (फूल डोज) लिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पुस ५ गतेसम्मका तथ्यांकनुसार १४ लाख ७२ हजार ३८७ जनाले पहिलो मात्रा र सो सङ्ख्यामा पूरा डोज खोप लिएका छन् ।

सरकारले कोरोनाविरुद्ध लड्नका लागि खोप प्रभावकारी हुने भएपछि प्रदेशका सबै जिल्लामा खोप अभियान सञ्चालन गरिरहेको छ । कास्कीमा कोरोना खोपको पहिलो मात्राभन्दा पूरा डोज लिनेको सङ्ख्या बढी छ । तीन लाख ७४ हजार ५५४ जनाले पहिलो मात्रा र तीन लाख ८६ हजार ४१४ जनाले पूरा मात्रा खोप लगाएका छन् ।

तनहुँमा एक लाख सात हजार ९४३, नवलपरासीमा एक लाख दुई हजार ५८ र स्याङ्जामा एक लाख २४ हजार ५८६ जनाले पूरा मात्रा खोप लिएको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

गोर्खामा ९८ हजार ९३१, म्याग्दीमा ५१ हजार ४७१, लमजुङमा ८७ हजार ८०२, पर्वतमा ६० हजार ७४६, बाग्लुङमा ७४ हजार ५८, मुस्ताङ १३ हजार ५८७ र मनाङमा चार हजार ६१२ जनाले पूरा मात्रा खोप लिएको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशका कास्की र बागलुङबाहेकका नौ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि पुस गतेसम्म १४ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा खोप अभियान सञ्चालन गरिएको छ । तोकिएका सामुदायिक र संस्थागत विद्यालयमा लगाउन सुरु गरिएको निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले छ । यस अभियानमा पहिलो मात्र लगाएकालाई आगामी माघ २ देखि १२ गतेसम्म दोस्रो मात्र दिने कार्यक्रम छ ।

मोर्डना खोप अभियानमा लक्षित सङ्ख्या एक लाख ८५ हजार २९८ रहेकामा एक लाख ९४ हजार ४५० डोज खोप प्राप्त भएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म तीन लाख ५४ हजार ८४० जनाको कोरोना परीक्षण गरिएकामा ८८ हजार २८३ जनाको सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्म ८६ हजार ७०९ जना निको भएका छन् । सङ्क्रमणबाट एक हजार ४२५ को निधन भएको जनाइएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४९ छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १० : ४५ बजे

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन