यसकारण मागियो पाकिस्तानी प्रधानमन्त्री खानको राजीनामा  « Khabarhub

यसकारण मागियो पाकिस्तानी प्रधानमन्त्री खानको राजीनामा 


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेको छ ।

उच्च तहको अन्तराष्ट्रिय सम्मेलनमा राजधानी इस्लामाबादमा विदेशी अतिथि सहभागी कार्यक्रममा आफ्नो भ्रष्टाचार लुकाउन देश र राजनीतिक दलहरुको बदनाम गरेको भन्दै विपक्षी पार्टी मुस्लिम लीग नवाज (पीएमएल-एन) ले प्रधानमन्त्री खानको राजीनामा माग गरेको हो।

प्रधानमन्त्री खानले जतिबेला पनि आफ्नो परिवारलाई मात्र उल्लेख गरेको भन्दै आफू शरिफको फेम्ली फोबियाबाट पीडित भएको पीएमएल-एनका सूचना सचिव म्यारियम औराजेबले बताइन् । सरकारले आफ्नो तीन वर्षे कार्यकालयमा सम्झनयोग्य कुनै पनि काम नगरेको उनले आरोप लगाइन् ।

शुक्रबार अल जजिरासँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री खानले पूर्वप्रधानमन्त्री भुट्टो र सरिफ परिवार निकट नेताहरुको आलोचना गर्दै उनीहरुले भ्रष्टाचारको प्रबद्र्धन गरेको र देशलाई तहस नहस गरेको आरोप लगाएका थिए ।

पाकिस्तान तेहरिक इ इन्साफ पार्टीका प्रमुखसमेत रहेका खानले पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग-नवाज र तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी (पीपीप) को आलोचना गर्दै ती पार्टी नभएर केबल परिवारको विरासत भएको बताए । देशले अहिले सामना गरेको समस्याको प्रमुख कारक तीनै दुबै पार्टी भएको उनले दाबी गरे ।

लन्डनमा उपचारार्थ पूर्वप्रधानमन्त्री सरिफ खानमाथि भ्रष्टाचारको आरोप लागेको छ । त्यस्तै, पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका पति तथा पूर्वराष्ट्रपति असिफ अली जर्दारीमाथि पनि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ११ : ०० बजे

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले

शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने

काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन

आशिकाको जिकिर : भाइले झुक्किएर ईमेल पठाइदियो, उम्मेदवारी फिर्ता लिएकी छैन

काठमाडौं– धादिङबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार आशिका तामाङले