निलमका लागि गोविन्दाले तोडेका थिए सुनीतासँगको इन्गेजमेन्ट « Khabarhub

निलमका लागि गोविन्दाले तोडेका थिए सुनीतासँगको इन्गेजमेन्ट


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता गोविन्दा उमेरले ५८ वर्ष पुगेका छन् । उनको जन्म सन् १९६३ डिसेम्बर २१ मा मुम्बईको महाराष्ट्रमा भएको थियो । गोविन्दा र अभिनेत्री निलम कोठारीको जोडी सन् ८० देखि ९० को दशकमा सर्वाधिक हिट थियो । कुनै समयमा यो जोडी एकअर्काको गहिरो प्रेममा थिए । उनीहरुको प्रेमको चर्चा बलिउडमा अहिले पनि हुने गर्दछ ।

गोविन्दा र निलमले पहिलोपटक सन् १९८६ को फिल्म ‘इल्जाम’मा स्क्रिन शेयर गरेका थिए । यो फिल्मपछि गोविन्दा र निलमले लगातार १४ फिल्ममा सहकार्य गरेका थिए ।

गोविन्दा निलमप्रति पूर्ण रुपमा बफादार थिए । अझ भनौं निलमको प्रेममा गोविन्द लिप्त भइसकेका थिए । त्यही कारण उनी निलमसँग विवाह गर्न चाहन्थे । गोविन्द आफ्नो वर्तमान श्रीमति र त्यो समयकी प्रेमिका सुनिता आहुजा पनि निलम जस्तै बनोस् भन्ने चाहन्थे ।

निलमको विषयलाई लिएर गोविन्दा र सुनीताबीच कैयौं पटक झगडा भएको थियो । एकपटक सुनीताले निलमको बारेमा नराम्रो बोलेपछि गोविन्दाले रिसले सुनीतासँगको इन्गेजमेन्ट नै तोडेका थिए ।

गोविन्दाका अनुसार यो घटनाको पाँच दिनसम्म सुनीताले फोन नगरेको भए उनको विवाह निलमसँग भइसक्थ्यो । किनकी गोविन्दाका पिता पनि निलमलाई घरकी बुहारी बनाउन चाहन्थे । तर गोविन्दाकी आमा निलमलाई बुहारी बनाउने कुरामा सहमत थिइनन् । त्यहीकारण उनले सुनीतालाई नै विवाह गर्न गोविन्दालाई दबाब दिइन् । किनकी गोविन्दाले आमाको कुरालाई कहिल्यै पनि नकारेका थिएनन् । यहीकारण गोविन्दा र निलमको सम्बन्ध सदाका लागि टुट्यो ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ११ : ५१ बजे

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ