जापानी अभिनेत्रीको होटलबाट खसेर मृत्यु « Khabarhub

जापानी अभिनेत्रीको होटलबाट खसेर मृत्यु


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो(अमर उजाला)– ‘आइडली प्राइड’, ‘स्टार ब्लेजर्स २२०२’ र ‘कन्वीनियन्स स्टोर ब्वाइफ्रेण्ड्स’ जस्ता सिरिजमा भ्वाइस ओभर गरेकी जापानी अभिनेत्री सयाका काण्डाको निधन भएको छ । उनको आधिकारिक वेबसाइटले उनको निधनको पुष्टि गरेको छ । उनी ३५ वर्षकी थिइन् ।

समाचारअनुसार उनी आफू बसेको होटलको २२ औं तलाबाट खसेकी थिइन् । प्रहरीले अभिनेत्रीको मृत्युलाई आत्महत्या भने पनि यसलाई शंकाको घेरामा राखेको छ ।

सयाकाको सम्पर्क कार्यालयले विज्ञप्ती जारी गर्दै अभिनेत्री गम्भीर दुर्घटनाको शिकार भएको दाबी गरेको छ । सयाकाको डिसेम्बर १८ को बेलुका निधन भएको थियो ।

सयाका होटल बाहिर बेहोस अवस्थामा भेटिएकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार उनको शरीर रगतले भिजेको थियो । उनलाई अस्पताल लगिए पनि उनको निधन भइसकेको थियो । प्रहरीले अभिनेत्रीको मृत्युलाई आत्महत्या भने पनि सयाकाका साथीहरु यसलाई आत्महत्या मान्दैनन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : २७ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो