अग्निपीडितलाई त्रिपाल र सरसफाई सामग्री वितरण « Khabarhub

अग्निपीडितलाई त्रिपाल र सरसफाई सामग्री वितरण


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– सदरमुकाम गमगढीको तल्लो बजारमा कार्तिक २९ गते आगलागी पीडितहरुको व्यक्तिगत सरसफाई तथा स्वच्छताका लागि सरसफाईका सामग्री सहयोग गरिएको छ ।

युनिसेफको आर्थिक सहयोगमा हिमाली ग्रामिण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजिकरणमा अग्नि पीडित ८० घर धुरीलाई व्यक्तिगत सरसफाई तथा स्वच्छताका लागि सरसफाईका सामग्री सहयोग गरिएको हो ।

कार्तिक २९ गते आगलागीबाट १८ घर पूर्णरुपले क्षतिग्रस्त भएका थिए । हिरिसडेक मुगुले आगलागीबाट क्षति भएका १८ घरधुरीलाई त्रिपाल, ब्यांकेटसहित ब्यक्तिगत स्वच्छता सामग्री र अन्य ६२ घरधुरीलाई व्यक्तिगत स्वच्छता सामग्री उपलब्ध गराएको हिरिसडेक नेपालका संयोजक रमेश कुमार भामले बताए ।

हिरिसडेक मुगुले अग्निपीडितलाई खाद्यान्न लगाएत अन्य सामग्री सहयोग गर्दै आएको छ । हिउँदको बेला चिसो बढेपछि अहिले भएका टेन्टभित्र शित पस्ने गरेकोले यो पटक हिरिसडेकले त्रिपाल दिएको छ । यो त्रिपालले टेन्ट ढाकेर शित रोक्न सकिने पीडित ठेल्ले तामाङले बताए ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १० : ४० बजे

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको