बाइडेन फेरि जारी गरे कार्यकारी आदेश, अमेरिका जानेको कोरोना परीक्षण अनिवार्य « Khabarhub

बाइडेन फेरि जारी गरे कार्यकारी आदेश, अमेरिका जानेको कोरोना परीक्षण अनिवार्य


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले फेरि कार्यकारी आदेश जारी गरेका छन् ।

उनले जारी गरेको पछिल्लो कार्यकारी आदेश कोरोना भाइरसको न्युनिकरणमा केन्द्रित छ ।

कार्यकारी आदेश अनुसार खोप अभियानलाई तीव्रता प्रदान गरिने छ भने परीक्षणको दायरा बढाइने छ । मास्कसहितका अत्यावश्यक सामग्रीको उत्पादन बढाउनका लागि आकस्मिक कानून लागु गरिने भएको छ ।

कोरोना भाइरसविरुद्धको अभियानका लागि १० अभियानको घोषणा गर्दै राष्ट्रपति बाइडेनले महामारीमाथि विजय प्राप्त गर्न केही महिना लागे पनि एकतावद्ध हुन सके छिटो महामारीबाट उन्मुक्ति मिल्ने बताएका छन् ।

अमेरिकाको ४६औँ राष्ट्रपति नियुक्त भएको भोलिपल्ट बाइडनले यी घोषणा गरेका हुन्।

ट्रम्प प्रशासनले महामारी नियन्त्रणमा बेवास्ता गरेको आरोपहरू लागेका बेला उनले महामारीसँग जुझ्न राज्यहरूमा भर पर्नुभन्दा एउटा राष्ट्रियस्तरको रणनीति अख्तियार गर्ने देखिएको छ ।

उनको पछिल्लो घोषणामा अबको १०० दिनमा स्कूलहरू सुरक्षित खोल्ने, रङ्गशाला तथा सामुदायिक संरचनाहरूमा खोप केन्द्र स्थापना गर्ने उल्लेख छ ।

अब अमेरिका जान चाहने यात्रीहरूले त्यहाँ जानु अगावै कोरोनाभाइरस नभएको परीक्षण रिपोर्ट देखाउनु पर्नेछ भने त्यहाँ पुगेपछि १४ दिन क्वारन्टीनमा बस्नु पर्ने अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ९ : १० बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा