२४ वर्षदेखि सलमानको सुरक्षामा शेरा « Khabarhub

२४ वर्षदेखि सलमानको सुरक्षामा शेरा


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउड अभिनेता सलमान खानले आफ्ना बडीगार्ड शेरासँगको एक तस्वीर सामाजिक सन्जालमा राखेका छन् ।

तस्वीरमा उनी शेराको काँधमा हात राखेर उभिएका छन् । यो फोटोको क्याप्सनमा सलमानले ‘बफादारी’ लेखेका छन् । यो लेखाईबाट पनि सलमान शेरासँग खुशी छन् भन्ने कुरा प्रष्ट हुन्छ । सलमान जहाँ पुग्छन्, शेरा त्यहाँ छायाँ जस्तै बनेर जहिल्यै सँगै हुन्छन् ।

शेरा पछिल्लो २४ वर्षदेखि सलमानको सुरक्षा गरिरहेका छन् । उनको वास्तविक नाम गुरमीत सिंह जोली हो । सलमानका लागि शेरा कर्मचारी होइनन्, उनी त परिवारका सदस्य नै हुन् । सलमानसँगको उठबसले शेरा आज बलिउडकै प्रख्यात बडीगार्ड बनेका छन् ।

रोचक कुरा के छ भने सलमान जहाँ पुग्ने योजना बनाइरहेका हुन्छन्, शेरा एकदिन अघि नै त्यहाँ पुगिसकेका छन् । कैयौं पटक उनले बाटोको अवरोध हटाउनका लागि पाँच–पाँच किलोमिटरसम्म हिँडेका छन् । शेराले बडी बिल्डिङमा ‘जुनियर मि. मुम्बई’ र ‘जुनियर मि. महाराष्ट्र’ जस्तो उपाधि जितेका छन् ।

सलमानको सुरक्षाका लागि शेराले वार्षिक रुपमा दुई करोड रुपैँया पारिश्रमिक लिन्छन् । सलमानको बडीगार्ड हुनुअघि शेरा सलमानकै मुम्बई अपार्टमेन्ट नजिकै बस्थे । पछि मात्र उनी बडीगार्ड भए ।

सलमानकै सल्लाह अनुसार केही वर्ष अघि शेराले आफ्नो इभेन्ट कम्पनी बिजक्राफ्ट पनि खोलेका छन् । उनको टाइगर सेक्युरिटी नामको कम्पनी पनि छ । जसले फिल्म स्टारलाई सुरक्षा दिनछ । सलमानलाई ‘भाई’ भनेर बोलाउने शेराले सलमानअघि भारत आउने हलिउड स्टारलाई सुरक्षा दिन्थे ।

‘म सलमान भाइको परिवारको हिस्सा हुँ । म उनलाई धेरै माया गर्छु । म पछिल्लो २४ वर्षदेखि भाइका साथ छु । उनी धेरै ठूलो मान्छे हुन् । उनी पहिलो भेटमै आफू भन्दा अघिको मान्छे चिन्दछन् । धेरै वर्ष अघि सोहेल भाइले मलाई आफ्नो अफिस बोलाउनुभएको थियो किनकी सलमान भाइको बाहिरी शोका लागि सुरक्षाकर्मी चाहिएको थियो । जब मैले सोहेल भाईलाई भेटे, उनले मलाई ‘तिमीले नै सलमानलाई बाहिरी शोमा सलमानको सुरक्षाका लागि जानेछौँ,’  उनले भनेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १० : १० बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही