तेस्रो पटक सर्‍यो बोण्ड फिल्म ‘नो टाइम टु डाई’ « Khabarhub

तेस्रो पटक सर्‍यो बोण्ड फिल्म ‘नो टाइम टु डाई’


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स(एजेन्सी)– हलिउडको चर्चित जेम्स बोण्ड सिरिजको पछिल्लो फिल्म ‘नो टाइम टु डाई’ को प्रदर्शन मिति तेस्रोपटक सरेको छ ।

कोरोना महामारीका कारण जनाउदै अघिल्लो दुई पटक सरिसकेको फिल्म यसपटक पनि कोरोनाकै कारण सरेको हो । फिल्मको आधिकारिक वेबसाइटका अनुसार फिल्म आगामी अक्टोबर ८ मा रिलिज हुनेछ ।

यो फिल्म जेम्स बोण्ड फ्रेन्चाइजीको २५ औं संस्करण हो । गत वर्षको अप्रिलमा फिल्म रिलिज हुने पहिलो घोषणा गरिए पनि कोभिड–१९ महामारीका कारण रिलिज हुन सकेको थिएन । फिल्ममा ब्रिटिस जासुस एजेन्ट ००७ को भूमिकामा देखिएका अभिनेता डेनियल क्रेगको यो अन्तिम जेम्स बोण्ड सिरिज हो । फिल्ममा लि सेडक्स र रामी मालिकको पनि अभिनय छ ।

युरोपियन मुलुकसँगै अन्य मुलुकमा कोभिड–१९ को नयाँ लहर सुरु भएसँगै लागु गरिएको लडकाउनका कारण फिल्म रिलिज सरेको वेबसाइटमा उल्लेख छ । महंगो बजेटको यो फिल्म रोकिनुलाई हलिउड थप क्षतिमा जाँदै गरेको आँकलन फिल्म विश्लेषकहरुको छ ।

महिनौंदेखिको लकडाउनका कारण यूके र आयरल्याण्डका थिएटरहरु अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिएका छन् । यूकेमा गरिएको प्रतिबन्धका बाबजुद पनि भ्यूइ र ओडियन च्यानलले केही साताका लागि मात्र थिएटर खोलेका थिए ।

यसअघि सन् २०१५ मा रिलिज बोण्ड फिल्म ‘स्पेक्टर’ले विश्वव्यापी रुपमा ९ सय मिलियन अमेरिकी डलर कमाएको थियो । बोण्ड फिल्मको लागि प्रमुख बजार यूके र युरोप हो । त्यहीकारण फिल्म निर्माण कम्पनी एमजीएमले कोभिडको प्रतिबन्धका कारण फिल्मको बक्सअफिसमा गिरावट आउनेमा चिन्ता व्यक्त गरेको छ ।

यसै महिना वार्नर ब्रोसले आफ्नो फिल्म ‘सोप्रानो’को प्रिक्वेल ‘द मेनी सेन्ट्स अफ निवार्क’को प्रदर्शन मिति सारेको थियो । कोभिड महामारीका कारण अन्य जारेड लेटोको सुपरहिरो फिल्म ‘मोर्बिस’, साइन्स फिक्सन इपिक फिल्म ‘ड्युन’ र एक्सन सिक्वेल ‘टप गनः माबेरिक’लाई पनि प्रत्यक्ष असर पुर्‍याएको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १२ : ०३ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे