तेस्रो पटक सर्‍यो बोण्ड फिल्म ‘नो टाइम टु डाई’ « Khabarhub

तेस्रो पटक सर्‍यो बोण्ड फिल्म ‘नो टाइम टु डाई’


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स(एजेन्सी)– हलिउडको चर्चित जेम्स बोण्ड सिरिजको पछिल्लो फिल्म ‘नो टाइम टु डाई’ को प्रदर्शन मिति तेस्रोपटक सरेको छ ।

कोरोना महामारीका कारण जनाउदै अघिल्लो दुई पटक सरिसकेको फिल्म यसपटक पनि कोरोनाकै कारण सरेको हो । फिल्मको आधिकारिक वेबसाइटका अनुसार फिल्म आगामी अक्टोबर ८ मा रिलिज हुनेछ ।

यो फिल्म जेम्स बोण्ड फ्रेन्चाइजीको २५ औं संस्करण हो । गत वर्षको अप्रिलमा फिल्म रिलिज हुने पहिलो घोषणा गरिए पनि कोभिड–१९ महामारीका कारण रिलिज हुन सकेको थिएन । फिल्ममा ब्रिटिस जासुस एजेन्ट ००७ को भूमिकामा देखिएका अभिनेता डेनियल क्रेगको यो अन्तिम जेम्स बोण्ड सिरिज हो । फिल्ममा लि सेडक्स र रामी मालिकको पनि अभिनय छ ।

युरोपियन मुलुकसँगै अन्य मुलुकमा कोभिड–१९ को नयाँ लहर सुरु भएसँगै लागु गरिएको लडकाउनका कारण फिल्म रिलिज सरेको वेबसाइटमा उल्लेख छ । महंगो बजेटको यो फिल्म रोकिनुलाई हलिउड थप क्षतिमा जाँदै गरेको आँकलन फिल्म विश्लेषकहरुको छ ।

महिनौंदेखिको लकडाउनका कारण यूके र आयरल्याण्डका थिएटरहरु अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिएका छन् । यूकेमा गरिएको प्रतिबन्धका बाबजुद पनि भ्यूइ र ओडियन च्यानलले केही साताका लागि मात्र थिएटर खोलेका थिए ।

यसअघि सन् २०१५ मा रिलिज बोण्ड फिल्म ‘स्पेक्टर’ले विश्वव्यापी रुपमा ९ सय मिलियन अमेरिकी डलर कमाएको थियो । बोण्ड फिल्मको लागि प्रमुख बजार यूके र युरोप हो । त्यहीकारण फिल्म निर्माण कम्पनी एमजीएमले कोभिडको प्रतिबन्धका कारण फिल्मको बक्सअफिसमा गिरावट आउनेमा चिन्ता व्यक्त गरेको छ ।

यसै महिना वार्नर ब्रोसले आफ्नो फिल्म ‘सोप्रानो’को प्रिक्वेल ‘द मेनी सेन्ट्स अफ निवार्क’को प्रदर्शन मिति सारेको थियो । कोभिड महामारीका कारण अन्य जारेड लेटोको सुपरहिरो फिल्म ‘मोर्बिस’, साइन्स फिक्सन इपिक फिल्म ‘ड्युन’ र एक्सन सिक्वेल ‘टप गनः माबेरिक’लाई पनि प्रत्यक्ष असर पुर्‍याएको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १२ : ०३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार