कसरी हुन्छ पत्थरी ?  यस्तो छ घरेलु उपचार विधि « Khabarhub

कसरी हुन्छ पत्थरी ?  यस्तो छ घरेलु उपचार विधि


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मूत्राशय (मूत्रनली) मा रहेको वायुले मूत्राशयको वीर्य, मूत्र, पित्त र कफलाई सुकाएर क्रम–क्रमबाट पत्थरीलाई उत्पन्न गर्दछ ।

जसरी गौको हृदय (पित्त) अन्तःस्थलमा गोरोचन बढ्दछ, त्यसरी नै मनुष्यको पत्थरी बढ्दछ । यो तीनै दोषहरुको प्रकोपबाट हुन्छ, एकबाट मात्र होइन । यो रोग वात, पित्त, कफ र वीर्यावरोधबाट उत्पन्न हुन्छ, यससँग कफको संसर्ग सदैव बनिरहन्छ ।

घरेलु उपचार

१.    पेठो (कुभिण्डो) को रसमा हिङ र जवाखार हालेर पिउनाले पत्थरी ठीक हुन्छ ।

२.    ८ ग्राम गोरखुको चूर्ण, मह र भेडाको दूधसँग खानाले पत्थरी ठीक हुन्छ ।

३.    अदुवाको रस, जवाखार, हर्रोको बोक्रा र मलयगिरी चन्दनको घोल पिउनाले पत्थरी नष्ट हुन्छ ।

४.    २० ग्राम बेसारको चूर्ण र ३६० ग्राम सखरमा दैनिक १ ग्रामको मात्रा लिएर कान्जीसँग पिउनाले पत्थरी ठीक हुन्छ ।

५.    सोंचर नुन, मह, दूध र तिल, मदिरामा हालेर तीन दिनसम्म पिउनाले पत्थरी ठीक हुन्छ ।

६.    ८ ग्राम तिल र २० ग्राम मह, दूधमा हालेर पन्ध्र दिनसम्म पिउनाले पत्थरी ठीक हुन्छ ।

७.    मजीठा, जीरा, सुपको दाना, अमला, बयरको बीउ, शुद्ध अमलासार, गन्धक र शुद्ध मैनसिल— यी सबैको ८ ग्राम चूर्ण दैनिक महसँग खानाले पत्थरी ठीक हुन्छ ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ५ : ५९ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही