प्रधानमन्त्री ओली कञ्चनपुर जाँदै « Khabarhub

प्रधानमन्त्री ओली कञ्चनपुर जाँदै


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाँदै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमवार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

९ अर्ब रुपैयाँको लागतमा ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको दैजी छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री ओलीले अपराह्न १:३० बजे शिलान्यास गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।

प्रधानमन्त्री ओली कञ्चनपुर जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ-ठाउँमा गस्ती बढाएका छन्‌ । प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमार्फत आज दिउँसो धनगढी विमानस्थलमा अवतरण गर्नेछन्‌।

त्यहाँबाट उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत शिलान्यासस्थल  पुग्ने कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ८ : २१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच