अब युट्युबमा स्मार्टफोनमै ‘फोरके’ भिडियो हेर्न पाइने « Khabarhub

अब युट्युबमा स्मार्टफोनमै ‘फोरके’ भिडियो हेर्न पाइने


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अब युट्युब प्रयोगकर्ताले स्मार्टफोनमा फोरके भिडियो हेर्न पाउने भएका छन् । युट्युबको नयाँ फिचरमा फोरके भिडियो हेर्न मिल्ने सुविधा थप गरिएको छ ।

विभिन्न रिपोर्टका अनुसार अब फोरके सपोर्ट नगर्ने डिभाइसमा पनि ६० फ्रेम प्रतिसेकेन्ड एचडीआर सहितको फोरके भिडियो हेर्न सकिनेछ ।

आजसम्म मोबाइल प्रयोगकर्ताले फुल एचडीमा १०८० पी मा मात्र भिडियो हेर्न पाएका थिए । अहिलेसम्म बजारमा आएका अधिंकाश स्मार्टफोनमा फूल एचडीको भिडियो हेर्ने सुविधा छ ।

युट्युबको वेब भर्सनमा भने फोरके भिडियो हेर्ने सुविधा पहिलेदेखि नै दिइएको छ । स्मार्टफोन डिभाइसका लागि सर्भर साइड अपडेट गरेर फोरके हेर्न मिल्ने सुविधा दिन लागिएको हो ।

फोरके भिडियो प्ले गर्नका लागि स्तरीय मोबाइल र राम्रो इन्टरनेटको भने आवश्यकता पर्नेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १ : ५० बजे

बैतडीमा ४०७ जनाले हातहतियार बुझाए

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा – रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

काठमाडौं– बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा यही फागुन २१ गतेका

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि