मिसिलमा प्रहरीले नै नक्कली फोटो राखेको पाइएपछि आफन्त आक्रोशित « Khabarhub

मिसिलमा प्रहरीले नै नक्कली फोटो राखेको पाइएपछि आफन्त आक्रोशित


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी– ईलाका प्रहरी कार्यालय उर्लाबारीले मिसिलमा मृतकको तस्वीर नै नक्कली राखेको पाइएपछि मृतकका आफन्तहरु आक्रोशित बनेका छन् ।

मोरङको उर्लाबारी–५ का प्रवीण बास्तोला गत पुस ५ गते मृत अवस्थामा फेला परेका थिए ।

मृतकको मृत्यु हुँदाका समयमा सँगै रहेका व्यक्तिहरुलाई छोडेको र प्रहरीले मिसिलमा समेत घटनास्थलको फोटो परिवर्तन गरेको आफन्तले विरोध गरेका छन् । उनीहरुले उक्त घटनामा प्रहरीकै संलग्नता भएको हुनसक्ने पनि आरोप लगाएका छन् ।

आफन्तले प्रहरीले मिलेमतोमा मिसिलमा फोटो परिवर्तन गरी मुद्दा कमजोर बनाउन खोजेको आरोप लगाएका हुन् ।

प्रहरीले संदिग्ध व्यक्तिलाई कुनै अनुसन्धान नगरी छाडेको भन्दै आफन्तले आरोप लगाएका छन् । प्रवीण गत पुस ४ गते बेलुका घर नजिकैको मरिमराउमा पुगेका थिए । त्यसको अर्को दिन उनी मृत भेटिएका थिए ।

प्रहरीले प्रविणले मात्र अत्यधिक मादक पदार्थ सेवन गरेका कारण मृत्यु भएको आफन्तलाई बताए पनि आफन्तले भने उनको हत्या भएको हुनसक्ने भन्दै अनुसन्धान गर्न दबाब दिएका छन् ।

प्रहरीले लापरवाही गरेको भन्दै आफन्तले आरोप लगाएका छन् । मृत अवस्थामा फेला पर्दा मृतकको गलामा सिक्री नभएको तर मिसिलमा चाँदीको सिक्री लगाइएको आफन्तको आरोप छ ।

मृत अवस्थामा फेला पर्दा चिनिने भएको मृतकलाई मिसिलमा भने नचिनिने खालको राखेको पाइएको छ ।

आफन्त र स्थानीयले प्रहरीले अपराधी जोगाउन खोजेको भन्दै प्रहरी कार्यालय घेरेका छन् । प्रवीणका बुबा प्रेम बास्तोलाले प्रहरीले आफूहरुलाई हरेकपटक फरक सूचना दिने गरेको आरोप लगाएका छन् ।

किटानी जाहेरी दर्ता गर्न पटक–पटक प्रहरी कार्यालय उर्लाबारी जाँदा प्रहरी नीरिक्षक उद्दव पोखरेले उल्टै थर्काएको आफन्तले आरोप लगाएका छन् ।

प्रहरीले आफन्तलाई दोषी पत्ता लगाउने आश्वासन दिएको तर घटनाका आरोपितलाई छाडिएको आफन्तको आरोप छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्दव पोखरेलले कर्तव्य ज्यानको कुनै प्रमाण फेला नपरेकाले सरकारी वकिलले पक्राउ परेका सबैलाई छोडिदिएको बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  २ : २५ बजे

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा