बाबुराम भट्टराईलाई मंगलबार अस्पताल भर्ना गरिने « Khabarhub

बाबुराम भट्टराईलाई मंगलबार अस्पताल भर्ना गरिने


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपचारका लागि दिल्ली पुगेका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भोलि (मंगलबार) अस्पताल भर्ना गरिने भएको छ ।

भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार डा. भट्टराईलाई ‍नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना गर्न लागिएको हो ।

यसअघि डा. भट्टराईले काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । चेकजाँचका क्रममा डाक्टरहरूले उनलाई ‘न्यूरो इन्डाक्राइनको ट्युमर’ भएको हुनसक्ने आशंका गरेपछि थप उपचारका लागि भट्टराई आइतबार दिल्ली उडेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ४ : ४१ बजे

जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन किन गुपचुप ? : प्रदीप पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनको छानबिन गर्न

किन लेबनानका पुललाई निसाना बनाउँदै छ इजरायल ?

बेरुत – इजरायली सेनाले दक्षिणी लेबनानका महत्त्वपूर्ण भौतिक पूर्वाधार र

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को