मेलम्चीको सुरुङ परीक्षण, आगामी वैशाखदेखि घरघरमा पानी ! (भिडियोसहित) « Khabarhub

मेलम्चीको सुरुङ परीक्षण, आगामी वैशाखदेखि घरघरमा पानी ! (भिडियोसहित)


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— संघीय राजधानी काठमाडौँ उपत्यकाका बासिन्दाले वर्षौंदेखि प्रतिक्षा गरेको मेलम्चीको पानी अब छिट्टै घरघरमा आइपुग्ने भएको छ ।

सोमबार मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भरेर परीक्षण गरिएको छ । साढे २६ किलोमिटर सुरुङमा पानी पठाएर परीक्षण थालिएको हो ।

सुरुङ सञ्चालन गर्न परीक्षणका लागि सोमबार पहिलोपटक पानी पठाइएको आयोजनाले जनाएको छ । यस्तो परीक्षण करिब दुई महिनासम्म गरिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले खबरहबलाई जानकारी दिए ।

हेरौँ भिडियो

‘अबको १५ देखि १७ दिनभित्र सुन्दरीजलमा पानी आइपुग्छ’ पन्तले भने, ‘त्यसपछि परामर्शदाता र विज्ञहरुको टोलीले सुरुङले राम्रो काम गरे नगरेको हेर्नुहुन्छ ।’

परामर्शदाताबाट सकारात्मक नतिजा आए पानी चालु गर्ने आयोजनाको तयारी रहेको उनले बताए । ‘सुन्दरीजलसम्म पानी ल्याएर प्रशोधन गर्छौं र वितरणका लागि उपलब्ध गराउँछौँ । यो समय करिब दुई महिनाको हुनेछ’ उनले भने, ‘सबै परिणाम सकरात्मक देखिए त्यसअगावै पनि पानी वितरण उपलब्ध गराउन सकिन्छ ।’

विद्युतीकरण हुँदै

आयोजनाको भौतिक संरचना लगभग सम्पन्न भइरसकेको सूचना अधिकारी पन्तले खबरहबलाई बताए । ‘अम्बाथान, ग्याल्थुम र सिन्धु गरी तीन वटा अडिट टनेल र सुन्दरीजल आउटलेट सहित चार वटा गेट करेक्सनको काम सम्पन्न भइसकेको छ’ पन्तले भने, ‘हेडवक्र्स र विभिन्न संरचनामा कंक्रिट राख्ने काम पनि भइसकेको छ ।’

काठमाडौँसम्म पानी ल्याउन सुरुङ, हेडवर्क्स  र पानी प्रशोधन प्रमुख काम हो ।

‘पानी प्रशेधन केन्द्र सुरुङ निर्माण सम्पन्न भएर आज परीक्षण पनि गरिसक्यौँ’ पन्तले भने, ‘मुख्य पानी फर्काउने संरचना हेडवक्र्स को पनि संरचना सबै सम्पन्न भइसकेको छ । अब सञ्चालनका लागि विद्युतीकरण, सीसीटिभी क्यामेरा जडान लगायत अनुगमन प्रणालीको काम बाँकी छ ।’ उनका अनुसार विद्युतीकरणको काम दुई महिनाभित्र सकिनेछ ।

मेलम्ची खानेपानी आयोजनाका धेरैपटक ठेकेदार कम्पनी फेरिए । सन् २००९ देखि २०१२ सम्म चिनियाँ कम्पनी सीआरसीसीले काम गरेको थियो ।

त्यस्तै, ०१४ मा इटालियन कम्पनी सीएमएसीले ठेक्का पायो । सीएमएसीले २०१८ मा छोड्यो । त्यसपछि सन् २०१९ सेप्टेम्बरदेखि सिनो हाइड्रोले काम गरिरहेको छ ।

कुल ३१ अर्ब ३६ करोड रुपैयाँ लागतको यो आयोजनामा ३० अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ४ : ४५ बजे

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग