‘बुद्ध थिएटर फेस्टिभल’ सुरु | Khabarhub Khabarhub

‘बुद्ध थिएटर फेस्टिभल’ सुरु


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा बुद्ध थिएटर फेस्टिभल सुरु भएको छ ।

संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, अभि सुवेदी रंगकर्मी मदनदास श्रेष्ठले फेस्टिभलको औपचारिक रुपमा सुभारम्भ गरे ।

कवि तुलसी दिवसले बुद्धको ज्ञान विश्वभर फैलिनुपर्ने बताए । उनले नाटकको माध्यमबाट यो ज्ञान फैलनु झनै प्रभावकारी काम हुन सक्ने बताए ।

फेस्टिभलका निर्देशक पुस्कर गुरुङका अनुसार गत वर्ष नै फेस्टिभल आयोजना गर्ने तयारी थालिएको थियो । तर कोभिड–१९ को महामारी फैलिएपछि फेस्टिभल गर्न पाएन । फेस्टिभलमा पाँचवटा नाटक छन् ।

उद्घाटनसँगै कार्यक्रममा लामामन्त्र र चर्या नृत्य प्रस्तुत गरिएको थियो । डबली थिएटरले बागमती प्रदेश सरकार र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरसँग मिलेर गर्न लागेको थिएटर फेस्टिभल शनिबारसम्म हरेक दिन ५ बजे बुद्ध कथामा बनेको नाटक देखाइन्छ ।

फेस्टिभलको पहिलो दिन भारतीय नाटक निर्देशक डा दानी करमाकर निर्देशित ‘तथागत’ देखाइयो । महामारीका कारण कलाकारको टोली आउन नसकेपछि खिचेर पठाएको नाटक देखाइएको थियो ।

सोमबार फेस्टिभलमा विकास जोशीको निर्देशनमा रहेको ‘सिद्धार्थको गृहत्याग’ मञ्चन हुँदैछ । यो नाटकले दुःखसँग सिद्धार्थ गौतमको साक्षात्कार र यसको उत्तरको खोजीमा उनले गरेको मानसिक संघर्षलाई प्रस्तुत गर्नेछ ।

प्रेमविनोद नन्दनको कथा लेखन रहेको यो नाटकमा सुचिता उप्रेती, तुफान थापा, अस्मिता खनाल, देबिशा लामिछाने, अभिषेक शर्माआदि कलाकारको अभिनय रहनेछ ।

मंगलबार भने झोराहाट नाट्य समूहको प्रस्तुति रहेको रविन्द्रनाथ टैगोर लिखित नाटक ‘मालिनी’ मञ्चन हुनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १२ : १० बजे

मुग्लिन-नारायणगढ खण्डमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन

काठमाडौं– मुग्लिन-नारायणगढ सडक खण्डको जलवीरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेको

ओलीको आरोप- देशलाई छाडा ढंगले चलाउन यो सरकारले संसद् भंग गर्‍यो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले

चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कन्सल्ट्यान्ट’

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

एजेन्सी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको