‘बुद्ध थिएटर फेस्टिभल’ सुरु « Khabarhub

‘बुद्ध थिएटर फेस्टिभल’ सुरु


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा बुद्ध थिएटर फेस्टिभल सुरु भएको छ ।

संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, अभि सुवेदी रंगकर्मी मदनदास श्रेष्ठले फेस्टिभलको औपचारिक रुपमा सुभारम्भ गरे ।

कवि तुलसी दिवसले बुद्धको ज्ञान विश्वभर फैलिनुपर्ने बताए । उनले नाटकको माध्यमबाट यो ज्ञान फैलनु झनै प्रभावकारी काम हुन सक्ने बताए ।

फेस्टिभलका निर्देशक पुस्कर गुरुङका अनुसार गत वर्ष नै फेस्टिभल आयोजना गर्ने तयारी थालिएको थियो । तर कोभिड–१९ को महामारी फैलिएपछि फेस्टिभल गर्न पाएन । फेस्टिभलमा पाँचवटा नाटक छन् ।

उद्घाटनसँगै कार्यक्रममा लामामन्त्र र चर्या नृत्य प्रस्तुत गरिएको थियो । डबली थिएटरले बागमती प्रदेश सरकार र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरसँग मिलेर गर्न लागेको थिएटर फेस्टिभल शनिबारसम्म हरेक दिन ५ बजे बुद्ध कथामा बनेको नाटक देखाइन्छ ।

फेस्टिभलको पहिलो दिन भारतीय नाटक निर्देशक डा दानी करमाकर निर्देशित ‘तथागत’ देखाइयो । महामारीका कारण कलाकारको टोली आउन नसकेपछि खिचेर पठाएको नाटक देखाइएको थियो ।

सोमबार फेस्टिभलमा विकास जोशीको निर्देशनमा रहेको ‘सिद्धार्थको गृहत्याग’ मञ्चन हुँदैछ । यो नाटकले दुःखसँग सिद्धार्थ गौतमको साक्षात्कार र यसको उत्तरको खोजीमा उनले गरेको मानसिक संघर्षलाई प्रस्तुत गर्नेछ ।

प्रेमविनोद नन्दनको कथा लेखन रहेको यो नाटकमा सुचिता उप्रेती, तुफान थापा, अस्मिता खनाल, देबिशा लामिछाने, अभिषेक शर्माआदि कलाकारको अभिनय रहनेछ ।

मंगलबार भने झोराहाट नाट्य समूहको प्रस्तुति रहेको रविन्द्रनाथ टैगोर लिखित नाटक ‘मालिनी’ मञ्चन हुनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १२ : १० बजे

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले