जोनीको घरमा अज्ञात व्यक्तिको यस्तो रमाइलो « Khabarhub

जोनीको घरमा अज्ञात व्यक्तिको यस्तो रमाइलो


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– क्याप्टेन ज्याक स्पेरोको चरित्रमा सारा विश्वमाझ चिनिएका हलिउड अभिनेता जोनी डेपको घरमा एक अनौठो घटना भएको छ ।

हलिउड हिल्समा रहेको यी अभिनेताको घरमा एक अज्ञात व्यक्ति पसेर त्यहाँ रहेका केही खाने कुरा खाएका छन् ।

जीन्यूजमा प्रकाशित समाचारअनुसार छिमेकीले जोनीको घर पछाडि रहेको स्वीमिङ पुलमा एक व्यक्ति टहलिँदै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

छिमेकीले प्रहरीलाई खबर गर्नासाथ ती व्यक्ति गेटबाट हामफालेर घरभित्र पसेका थिए ।

प्रहरी जोनीको घरमा पुग्दा ती व्यक्ति नुहाइरहेका थिए । जसकारण उनले प्रहरीले ढोका खोल्नका लागि गरेको आग्रह अस्वीकार गरे ।

ती व्यक्तिले जोनीको घर भित्र रहेको मदिराको स्वाद पनि लिएका थिए । केही समयपछि पक्राउ परेका ती व्यक्तिलाई प्रहरीले ढोका फोडेर घरभित्र पसेको आरोपमा मुद्धा दर्ता गराएको छ ।

यसअघि गत जनवरीमा एक अज्ञात महिला जोनीको घरमा पसेकी थिइन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १२ : ४१ बजे

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं– निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन

मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक